वितरित राँगो बोझमात्र

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
Rango_Fotor

भेटेरिनरी अस्पतालले लमजुङमा निःशुल्क वितरण गरेको राँगोमा प्रजनन् क्षमता नभएको गुनासो किसानले गरेका छन्। भैंसीलाई बाली लगाउने काम गरी केही कमाई समेत गर्ने सोचले माग गरेको राँगो प्रजनन् क्षमता नभएको निष्कर्षमा किसान पुगेका हुन्।

सुन्दरबजार नगरपालिकाले आयोजना गरेको कृषक अन्तरक्रियामा सोही नगरपालिका– ६ खत्रीठाँटी निवासी केसी भैंसी फार्मका सञ्चालक धु्रवबहादुर केसीले राँगो काम नलागेको गुनासो गरे। उनले भने, ‘आफ्नो माग अनुसार मुर्रा जातको राँगो भेटेरिनरी अस्पतालले निःशुल्क दिएको हो। तर राँगो चल्दै नचलेको रहेछ, त्यसले भैंसी बाली नै जाँदैनन्। ’ उनका अनुसार यतिबेला त्यो राँगो पाल्ने बोझमात्र थपिएको छ। उनकी श्रीमती सीता केसीले भनिन्, ‘यो रागोको नभएको भए यसको ठाउँमा अर्को एउटा लैनो भैंसी पाल्न सकिन्थ्यो। दैनिक ६ देखि ९ लिटर दूध हुन्थ्यो, यसका लागि दुःखमात्र थपियो। ’ भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले सुन्दरबजार क्षेत्रमा दुईवटा राँगा वितरण गरेकोमा दुवै नचलेको किसानको गुनासो छ। अर्को राँगो पाउने किसान सुन्दरबजार नगरपालिका– ४ सत्रसय फाँटका छविलाल न्यौपाने हुन्।

यसबारे सदरमुकामस्थित राँगा वितरण गर्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयमा सम्पर्क गर्दा वरिष्ठ पशु चिकित्सक डा रुपेश श्रेष्ठले ‘राँगोलाई जम्मा ५५ हजार रुपैयाँ ढुवानी सहित परेको हो, त्यस्तो हुन त नपर्ने हो, त्यहाँ एआई छ, त्यसको विकल्पमा मात्र हो यो भने। कोटेसन माग गरी सप्लायर्ससँग राँगो किनिएको जानकारी उनले दिए। थप जिज्ञासामा उनले ‘म पोखरा छु, यसबारेमा पशु चिकित्सक खिला शर्मासँग सम्पर्क गर्नु’ भने।

खिला शर्माले ‘ठूलो दिँदा बुढो भन्ने, सानो दिँदा चलेन भन्ने? उनीहरूले स्याहार पनि गर्नुपर्यो नि? यो बीचमा एकपटक सम्पर्क गर्नु भनेको अफिसमा आएकै छैनन्। औषधि खुवाएपछि चल्छ’ भने। उनले थपे, भैंसीको खास सिजन भदौ हो, भदौसम्म चल्छ। ‘के कतिका दर मूल्यमा किन्नु भएको हो नि? ’ भन्ने जिज्ञासामा ‘प्रतिगोटा ६० हजार हो, बीमा पनि गरिदिएका छौं, तीन वर्ष त उनीहरूले पाल्नै पर्छ’ भने। किसानले माग गरेपछि राँगो प्रदान गरिएको र बीना काममा नभिडाएको उनले बताए। स्थानीय जातको जस्तो फुर्तिलो त मुर्रा अलिक हुँदैन तर काम नै नगर्ने भन्ने हुँदैन, हामी फलोअप गर्छौ’ शर्माले बताए।

ती राँगा बुझेको भरपाइ गराउँदा आफूहरूसँग ४० हजार रुपैयाँको गराइएको केसीले बताए। उनले भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयले दिएको राँगो काम नलागेपछि आफूले स्थानीय जातको राँगो किनेर ल्याएको र त्यसले सरासर काम चलेको बताए। उनले यसबाट ४ हजार कमाई समेत भईसकेको र एउटा भैंसी बाली लगाएकोमा एक हजार रुपैयाँ लिने गरेको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width