ग्लोबल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
gmc_Fotor

ग्लोबल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड होल्डर र कामदारलाई विभिन्न शीर्षकका स्वास्थ्य सेवामा छुट हुनेछ।

सबैभन्दा धेरै रजिष्ट्रेसन फिमा २५ प्रतिशत छुट छ भने ल्याब, एक्सरे, युएसजी, सिटी स्क्यान, एमआरआई, बेड चार्ज, ईसिजी, ईइजी, फिजिओथेरापी, डेण्टल, ईको र डोप्लरमा १० प्रतिशत छुट हुने कलेजका प्रशासन प्रमुख कृष्ण पौडेलले जानकारी दिए।

कलेजले ५ सय ५०  शैयाको अस्पताल सञ्चालन गरिरहेको छ। नेपाल सरकारबाट सञ्चालित सामाजिक स्वास्थ्य सुरक्षा बीमा कार्यक्रम, नवजात शिशु सुरक्षा कार्यक्रम, क्षयरोग, रक्तसञ्चार सेवा र क्यान्सर तथा न्यूरो बिरामीका लागि १ लाखसम्मको उपचार खर्च नेपाल सरकारबाट दिने गरी नयाँ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो वर्षदेखि मुटुका बिरामीका लागि क्याथ ल्याबसमेत सञ्चालन तयारी भइरहेको पौडेलले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग