लेखनाथ खानेपानीको लिफ्टिङ प्रणाली परीक्षण

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
khanapani tanki_Fotor

लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाले पहाडी भेगका उपभोक्ताको हितलाई ध्यानमा राखी संचालनमा ल्याएको भूमिगत पानीको लिप्mटिङ प्रणाली सोमवार सफल परीक्षण गरिएको छ।

पोखरा २६, भवानी कालिका मावि परिसरमा निर्माण गरिएको बोरिङबाट पानी लिफ्टिङ गरी वडा २६, २७, २८ र ३१ का पहाडी भेकका उपभोक्तालाई खोनेपानी सुविधा दिने उद्देश्यले निर्माणाधीन योजना अन्तिम चरणमा पुगेकाले त्यसको परीक्षण गरिएको हो।

उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, निर्माण कम्पनी लगायत उपभोक्ताको उपस्थितिमा गरिएको परीक्षणमा प्रतिसेकेण्ड १० लिटरका दरले पानी तान्न सकिएको उपभोक्ता समिति अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको लागतमा पहिलो चरणमा निर्माण गरिएको योजनाको कुल लागत २८ करोड हुनेछ। जसबाट सो क्षेत्रका करिव १ हजार ७ सय घरधुरीका ६ हजार उपभोक्ता लाभान्वित हुने छन्।

योजनाअन्तर्गत भवानी कालिका मावि परिसरबाट लिप्mटिङ गरिएको पानी विभिन्न तीन ठाँउबाटमा मोटर राखी वडा २६ को उच्च भाग नरसपुरको मूलटंकीमा जम्मा गरी अन्य ४ वटा टंकीबाट उपभोक्ताको घरघरमा धारा पुर्याइने छ।

आगामी असोजसम्ममा उपभोक्ताको घरमा पानी पुर्याउने लक्ष्य राखिएको उपभोक्ता समितिका सचिव मुरारी शर्माले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width