सुपर ३० चलचित्र भारतमा किन कर मुक्त ?

Suraj Hazare Dahal
श्रावण १३, २०७६
tax free movie

प्राय फिल्म वितरकहरु बायोग्राफिकल चलचित्र वितरण गर्न हिच्किचाउँछन् । एक्सन र कमेडी फिल्मबाट बढी व्यापार हुने भएकोले वितरकहरु यि दुई विधाको चलचित्र रिलिज गर्न बढी लालयित हुन्छन् । गत हप्ताको शुक्रबार रिलिज भएको ऋतिक रोशन अभिनित चलचित्र सुपर ३० ले नेपालमा समेत दोस्रो हप्ता दर्शकको साथ पाइरहेको छ । भारत पटनाका युवक आनन्द कुमारको जिन्दगीमा आधारित सुपर ३० शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरुले हेर्नुपर्ने चलचित्र हो । गरीब परिवारमा जन्मिएका आनन्द कुमारको जन्म जनवरी १ तारिख १९७३ मा भएको थियो ।

गणितिज्ञ आनन्द अन्तर्राष्ट्रिय गणित पत्रिकाहरुको स्तम्भकार पनि हुन् । यिनलाई सुपर ३० को नामले पनि चिनिन्छ । सन् २००२ मा आनन्द कुमारले आर्थिक रुपमा पछि परेका ३० जना छात्रछात्राहरुलाई आइआइटी संयुक्त प्रवेश परीक्षामा नाम निकाल्न निशुल्क पढाएका थिए । सन् २०१८ को तथ्यांक अनुसार उनले पढाएका ४८० विद्यार्थीहरु मध्ये ४२२ जना विद्यार्थीहरु आइआइटीमा नाम निकाल्न सफल भएका थिए । डिस्कभरी टिभीले समेत यिनको बारेमा डकुमेन्ट्री बनाइसकेको छ । उनको संघर्षको कथा सुपर ३० नामक किताबमा समेत पढ्न पाइन्छ । उनको सुपर ३० नामक संस्थाले सन् २००२ देखि अहिलेसम्म सयौं विद्यार्थीहरुलाई निशुल्क आवास र खाना सहित प्रवेश परीक्षामा नाम निकाल्न सहयोग गरिरहेको छ ।

सुपर ३० लाई भारतको ४ राज्य सरकारहरु बिहार, उत्तर प्रदेश, राजस्थान, गुजरातले कर मुक्त गरेको छ । पछिल्लो पटक केन्द्र सरका दिल्लीले समेत यस चलचित्रलाई कर मुक्त गरेको हो । भारतमा रु १०० भन्दा कम शुल्कको फिल्म टिकेटमा १२ प्रतिशत कर लाग्छ भने भारु १०० भन्दा बढी रकमको टिकेटमा १८ प्रतिशत कर लाग्छ । प्राय सबै टिकेट भारु १०० भन्दा बढी पर्ने भएकोले भारतका ५ राज्यमा दर्शकले १८ प्रतिशत छुट पाउने छन् । शिक्षक र विद्यार्थीहरुले यो चलचित्र हेर्नुपर्ने र कोही नछुटन् भन्दै टिकेटमा छुट दिइएको दिल्लीका उपमुख्य मन्त्री मनिष सिसोडियाले टुइट गरेका छन् ।

चलचित्रमा आनन्द कुमारको भूमिका ऋतिक रोशनले अभिनय गरेका छन् । नेपालमा समेत अधिकांश विद्यार्थीको लागि गुणस्तरिय शिक्षा महंगो हुने भएकोले आकाशको फल भइरहेको छ । २ घण्टा ३५ मिनेटको यो चलचित्र हेर्दा पट्यार त लाग्दैन नै अन्त्यमा दर्शकहरुलाई भावुक बनाएर सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width