लोकनृत्यमा गण्डकी र कर्णाली प्रथम

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
news_Fotor

राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशकी वन्दना घर्ती मगर र पुरुषतर्फ कर्णाली प्रदेशका शेखर घर्ती प्रथम भएका छन्।

यसैगरी महिलातर्फ ५ नं. प्रदेशकी अशु कुँवर द्वितीय, ३ नं. प्रदेशकी रविना मगर तृतीय भए भने कर्णाली प्रदेशकी विपना मन्दिर मगरले सान्त्वना पुरस्कार प्राप्त गरिन्।

पुरुषतर्फ १ नं. प्रदेशका प्रितम साम्वाहम्फे द्वितीय, ५ नं. प्रदेशका दिलबहादुर सुनार तृतीय र गण्डकी प्रदेशका हिराबहादुर गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

प्रदेशस्तरीय प्रतियोगितामा ६ वटा प्रदेशबाट एक महिला र एक पुरुष गरी १२ जना र गण्डकी प्रदेशबाट चार जना गरी १६ जना छनौट भई आएका कलाकारबीच उक्त प्रतियोगिता भएको थियो।

कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखरा र सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित सो प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि गुरुङले नेपाल प्राकृतिक सम्पदाले मात्रै नभई विविध संस्कृतिले पनि सुन्दर भएको बताए।

संस्कृतिकर्मी चेतन कार्कीले प्रतियोगितामा प्रस्तुत सबै नृत्य उत्कृष्ट रहेको उल्लेख गर्दै कलाकारलाई प्रोत्साहन गर्ने सह्रानीय कार्य भएको बताए।

सोही कार्यक्रमबीच वरिष्ठ नृत्य निर्देशक प्रेमलाल परियार सुनामलाई सम्मान गरिएको थियो।

कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष क्या. पूर्णबहादुर ह्योल्मो गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र कार्यक्रम संयोजक सिर्जन गुरुङले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए।

कार्यक्रमको सञ्चालन कलाकार जीवन दाहालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width