भदौको दोस्रो हप्ताबाटअन्तर विद्यालय ब्याडमिन्टन

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
Badminton Pressmeet_Fotor

आगामी भदौको १० गतेदेखि १४ गतेसम्म १८ औं संस्करणको कास्की जिल्ला स्तरीय ईन्द्रबहादुर गुरुङ स्मृति अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता हुन लागेको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

विद्यालय स्तरका विद्यार्थीहरुको ब्याडमिन्टनप्रति अभिरुची राख्न र खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले १७ औं संस्करणसम्मको प्रतियोगिता सम्पन्न गरिसकेको संघका अध्यक्ष डम्मरसिंह गुरुङले बताए। यसअघिका प्रतियोगिताहरुबाट ब्याडमिन्टन विद्यालयस्तरका ब्याडमिन्टन खेलाडीहरु उत्पादन गरेको गुरुङको दाबी थियो।

प्रतियोगितामा विद्यालय स्तरको आधारभूत तह (कक्षा ८ सम्म), माध्यामिक तह (कक्षा १० सम्म) र उच्च माध्यामिक (कक्षा १२ सम्म) गरी तीन तहमा छात्र, छात्राको एकल र डबल्स गरी १२ इभेन्टमा खेल हुने अध्यक्ष गुरुङले बताए।

प्रतियोगिताको सवै इभेन्टका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ। छात्रछात्रा दुबैतर्फ उत्कृष्ट खेलाडीले स्पोट्स साइकलको पुरस्कार पाउनेछन्। उदीयमान खेलाडीलाई ट्रफी र प्रमाणपत्र पुरस्कार रहेको छ। अनुशासित, प्रतियोगिताहरुमा सवैभन्दा बढि सहभागी खेलाडी, उत्कृष्ट पोशाक र उत्कृष्ट विद्यालयलाई ट्रफी पुरस्कार रहेको प्रतियोगिता संयोजक बबिन बाग्दासले जनाए।

ब्याडमिन्टन वल्र्ड फेडेरेशनको नियम अनुसार संचालन गरिने प्रतियोगितामा प्लाष्टिक सट्टल ककको प्रयोग गरिने जनाइएको छ। विद्यालयले इभेन्ट अनुसार खेलाडी दर्ता गर्नुपर्नेछ। कक्षा १२ सम्मको इभेन्टमा सहभागी खेलाडीहरु १२ कक्षा अध्ययनरत् हुनुपर्ने प्रावधान छ। प्रत्येक खेलाडीको अनिवार्य पोशाक हुनुपर्नेछ। भदौको ६ गते खेलाडी दर्ताको अन्तिम मिति तोकिएको छ। भदौको ८ गते टाइसिट प्रकाशित गर्ने बताइएको छ। प्रतियोगितामा सहभागी निजी विद्यालयका छात्रछात्रा सिंगल्सतर्फ २ सय र डबल्सतर्फ ४ सय दर्ता शुल्क तोकिएको छ। सामूदायिक विद्यालयका सहभागी खेलाडीहरुको हकमा भने दर्ता शुल्क नलाग्ने संयोजक बाग्दासले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width