कामनाको पुन निर्मितः शाखा उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
Kamana Sewa Bikas Bank_Fotor

कामना सेवा विकास बैंकको ढुंगेपाटन स्थित पुनः निर्मित शाखाको आईतबार एक समारोहका विच उद्घाटन गरिएको छ। शाखाको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका निमित्त उपकुलपति वुद्धिराज जोशीले बैंकले आफ्ना ग्राहकहरुलाई सन्तुष्ट बनाउँदै जनचाहना अनुरुप स्वस्थ प्रतिष्पर्धा गर्नुपर्ने र जनतामुखी एवं प्रभावकारी सेवा प्रदायक संस्थाको रुपमा उपलब्धी हासिल गर्न सफल हुने आशा व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेल, पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक भरतराज ढुंगाना, प्याक्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङ्गत बराल, लेखनाथ साना शहरी खानेपानी उपभोक्ता संस्थाका सचिव मुरारी शर्मा, हाम्रो गौरव वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कमलनाथ कुँवर लगायतले बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्दै पुँजी एकिकृत एवं परिचालन गर्दै उद्यमशील क्षेत्रमा लगानी वढाउन सुझाव दिएका थिए।

यस्तै प्रमुख कार्यकारी अधिकृत प्रविन वस्नेतले बैंकको आर्थिक गतीविधी र वित्तिय अवस्थाका वारेमा जानकारी गराएका थिए। बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य चतुराखर अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रबन्धक टुवराज बाँस्तोलाले गरेका थिए।

देशभर ९७ वटा शाखा सञ्चालनमा ल्याईसकेको बैंकको हालसम्मको चुक्ता पूँजी २ अर्ब ५४ करोड रहेको छ भने २२ अर्ब लगानी गर्दै २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ। बैंकले देशभर ४५ एटिएम सञ्चालनमा ल्याएको छ।

बैंकले विभिन्न उत्पादनमुलक क्षेत्रका अलावा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी गर्नुका साथै ग्रामीण क्षेत्रहरुमा पनि वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width