पर्यटकीय झाँक्रीपानीमा भ्यूटावर निर्माण

साधन राम्जाली
श्रावण १३, २०७६
View tower_Fotor

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा निर्माण गरिएको भ्यूटावर।

म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा रहेको पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ।

पछिल्लो समय जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको झाँक्रीपानीमा गाउँपालिकाले भ्यूटावरसहित अन्य पूर्वाधार निर्माण गरेको हो।

गाउँपालिकाको ११ लाख रुपैयाँ, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत् १० लाख रुपैयाँ र स्थानीयको ६ लाख बराबरको श्रमदानमा तीनतले भ्यू टावर निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष नरमाया घर्तीले जानकारी दिइन्।

पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको झाँक्रिपानीमा भ्यूटावर संगै पर्यटक विश्राम प्रतिक्षालय र टावर सम्म पुग्ने पदमार्ग निर्माण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए। पर्यटकीय स्थल झाँक्रीपानीमा पर्यटनलाई लक्षित गरी भौतिक पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताए । अध्यक्ष रोका मगरका अनुसार घुम्न आउने पर्यटकको सेवा सुविधालाई लक्षित गरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा होमस्टे संचालनमा ल्याइएको छ ।

झाँक्रीपानीबाट मनोरम हिमशृङ्खलाको दृश्यवलोकन गर्न सकिन्छ। यहाँबाट संसारको सातौं अग्लो धौलागिरी हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी लगायतका दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने वडा अध्यक्ष कविन्द्र रोका मगरले बताए। यहाँ गुराँस फुल्ने सिजनमा राताम्मे लालिगुरास र हिमालहरुको दृश्यालोकन निकै आकर्षक देखिन्छ।

पर्यटकीय महत्व बोकेको झाँक्रीपानीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भ्युटावर, होमस्टे संचालन संगसंगै स्थानीय ५४ कुरिया मगरहरुको मौलिक लोक संस्कृतिको संरक्षण तथा उत्थान सुरु भएको स्थानीय झाँक्रीपानी भ्युटावर निर्माण उपभोक्ता समितिका सचिव कोमल थापा मगरले जानकारी दिए।

यसैगरी झाँक्रीपानीमा आउने पाहुनालाई स्वागत गर्न स्थानीय ५४ कुरिया मगरहरुको मौलिक संस्कृति तथा भजनको उत्थान र प्रचारप्रसारका लागि स्थानीय सुरक्षित मातृत्व आमा समूह जुटेका छन्।

आन्तरिक तथा बाह्य पर्यटकलाई झाँक्रीपानीमा भित्र्याउन सकेमा स्थानीहरुलाई रोजगारीको सृजना गरी उनिहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने गाउँपालिका उपाध्यक्ष श्रृजना केसीको भनाई छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width