नागढुगां विकास समाजद्वारा कौसीखेती अनुगमन

एजेन्सी
श्रावण १३, २०७६
takari_Fotor

पोखरा ८ नागढुगांस्थित नागढुंगा विकास समाजले समाजमा आवद्ध सदस्यका घरघरमा गएर कौसीखेती अनुगमन, निरीक्षण तथा मूल्यांकन गरेको छ।

समाजद्वारा नवौं अधिवेशनमा उत्कृष्ट कौसीखेती कृषकलाई सम्मान गर्ने उद्देश्यले अनुगमन, निरीक्षण तथा मूल्यांकन गरिएको हो। त्यसका लागि समाजका सल्लाहकार भीमनाथ बरालको संयोजकत्वमा कृषि महाशाखा प्रमुख मनोहर कडरिया, वडा कृषि सञ्जालकी अध्यक्ष सरस्वती थापा र सल्लाहकार शेषबहादुर थापा सदस्य रहेको अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको थियो।

सो अवसरमा टोलीले ४८ घरको कौसीखेती निरीक्षण गरेको थियो।

कौसीखेतीको प्रकार, फल लागेको/नलागेको, स्थानीय वस्तुको उपयोग, सरसफाइलगायतका ६ वटा उपशीर्षकको आधारमा क्रमशः २०, २०, १५, १५, १० र २० अंक छुट्याई मूल्यांकन गरिने संयोजक भीमनाथ बरालले जानकारी दिए।

समाजले सदस्यलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले पोखरा महानगरपालिका कृषि महाशाखाको प्राविधिक सहयोग तथा वडा कृषि सञ्जालको समन्वयमा कौसी खेती तालिम गरेका थियो।

विभिन्न संघसंस्थासँग समन्वय गरी समाजले आफ्ना सदस्यलाई सिजन अनुसारका तरकारीका विउ र बेर्ना वितरण गर्दै आएको छ।

त्यस अवसरमा समाजमा अध्यक्ष डम्बर सुवेदीले सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरे। वडा सदस्य पुष्पराज सिग्देल, कृषि महाशाखा प्रमुख मनोहर कडरिया, आदर्श समाज दैनिककी दुर्गा बास्तोला तथा सल्लाहकार शेषबहादुर थापाले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width