ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर

लाभ दायक र जानकारीमुलक

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
global_Fotor

‘ग्लोबल रिच’को नवौँ सँस्करणको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सकिएको छ। आइतबार पोखरामा भएको शैक्षिक मेलामा करिब ५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रह्यो। आयोजक ग्लोबल रिच पोखरा शाखाले फेयर भव्य रुपमा सफल भएको प्रतिक्रिया दिएको छ।

‘हामीले लक्षित गरेको भन्दा बढी विद्यार्थीको सहभागिता रह्यो। पोखरामा भएका पछिल्ला शैक्षिक मेलाहरुमा विद्यार्थीहरुको यति बाक्लो सहभागिता रहेको यो ऐतिहासिक कार्यक्रम हो।’ ग्लोबल रिच पोखरा शाखाका को–अर्डिनेटर सरिता गुरुङले भनिन्–‘ र, सहभागी धेरै भन्दा धेरै विद्यार्थीले मेलाबाट आफूले चाहको जानकारी लिन सकेको हामीले महशुस गरेका छौँ।’

एक दिनका लागि भएको शैक्षिक मेलामा अष्ट्रेलियाका १२ वटा कलेज तथा युनिभर्सिटीहरुको छुट्टाछुट्टै स्टलबाट विद्यार्थीहरुले जानकारी लिएका थिए। बढि भन्दा बढी जानकारी त्यहाँको आधिकारिक प्रतिनीधिहरुबाट पाएपछि विद्यार्थी दंग देखिन्थे। उज्यालो भविष्यको परिकल्पना गर्दै मेलासम्म आईपुगेका कतिपय विद्यार्थीले विभिन्न आकर्षक प्याकेज समेत पाएका थिए।

दुलेगौँडाकी सुप्रिया बस्नेतले शैक्षिक मेलाको अनुभव गज्जब भएको सुनाईन्। ‘धेरै भन्दा धेरै युनिभर्सिटीका आधिकारिक प्रतिनीधिहरुसँग सोझै त्यहाँको बारेमा जानकारी लिन पाउँदा मलाई व्यक्तिगत रुपमा फाइदा भयो। धेरैवटा विकल्पहरुको विषयमा जानकारी लिन पाएँ। ’ उनले भनिन्। बस्नेतका लागि शैक्षिक मेलाको यो पहिलो अनुभव हो।

त्यस्तै महेन्द्रनगर कञ्चनपुर घर भएका प्रकाशराज जोशी पनि ग्लोबल रिचको शैक्षिक मेलामा भेटिए। उनी अहिले पोखरा बिश्वविद्यालयमा स्नातक तहका अन्तिम वर्षका विद्यार्थी हुन्। ‘यो फेयर निकै इन्फरमेटिभ लाग्यो। अष्ट्रेलियाका कलेज तथा युनिभर्सिटी, त्यहाँको पाठ्यक्रम, फि र प्रोभिजनको विषयमा मज्जाले जानकारी लिन पाईयो। त्यसैमाथि यहाँबाट अध्ययनका लागि जाँदा आवश्यक शैक्षिक कर्जाको विषयमा पनि मेलामा जानकारी लिन पाउँदा झन् गज्जब लाग्यो। ’ उनले भने।

ग्लोबल रिच पोखराका मार्केटिङ म्यानेजर सागरबाबु गिरीले विद्यार्थीहरु सन्तुष्ट हुने गरि मेलाको आयोजना गर्न पाउँदा आफू निकै खुशी भएको बताए। ‘धेरै भन्दा धेरै विद्यार्थीहरुले मेला स्तरिय र जानकारीमुलक भएको प्रतिक्रिया दिनुभयो। र, यस्तो खालको प्रतिक्रियाले हाम्रो उद्देश्यलाई पुरा गर्न पाएको महशुस भएको छ। ’ उनले भने–‘ग्लोबल रिचको ब्राण्ड भ्यालुले पनि विद्यार्थीहरुलाई मेलासम्म आकर्षित गरेको हो जस्तो लाग्छ।’

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता संस्था हो। भारतमा मूख्य कार्यालय रहेको कम्पनीको विश्वव्यापी ४० भन्दा बढि शाखाहरु छन्। पोखरामा विगत ४ वर्षयता कम्पनीले सेवा दिँदै आएको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width