दोर्दी बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न पुगेका मुख्यमन्त्रीलाई रोक्यो बाढीले

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
dordi photo mantri_Fotor

लमजुङ, १२ साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एक टोलीद्वारा लमजुङको दोर्दी करिडोरको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ। निरीक्षणका क्रममा आइतबार पनि अविरल रूपमा पानी परी बाढी आएर दोर्दी खोला बढेका कारण निरीक्षण टोली फर्कन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि मुख्यमन्त्री गुरुङ पीडितहरू र मृतकका परिवारलाई नियमानुसार पाउने सुविधा तत्काल दिन निर्देशन दिए। उनले दोर्दी जलविद्युत आयोजना जस्ता ठूलो आयोजना सञ्चालन गर्दा त्यहाँको भौगोलिक बनोटको विशेष अध्ययन गर्नुपर्ने, विद्युत आयोजनास्थलमा सूचना प्रणाली चुस्त बनाउने र खतरा सूचक घण्टी(साइरन)को समेत प्रवन्ध गर्नुपर्ने विद्युत आयोजनालाई निर्देशन दिएका छन्। उनले ती कार्यका लागि प्रदेश सरकारले पनि के गर्न सक्छ र के गर्नुपर्छ त्यसतर्फ काम गर्न पछि नपर्ने भन्ने प्रतिवद्धता व्यक्त गरे।

सो निरीक्षण टोलीमा मुख्यमन्त्रीका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, लमजुङका प्रदेशस्तरका सांसद त्रय मायानाथ अधिकारी, धनञ्जय दवाडी र मधु अधिकारीसहितको टोलीले बाढीग्रस्त क्षेत्रको आइतबार निरीक्षण गरेको हो। टोलीमा गण्डकी प्रदेशको योजना आयोगमा उपाध्यक्ष श्रीधर पौडेलका साथै लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ, पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङसमेत रहेको प्रहरी नायव उपरीक्षक गुरुङले बताए।

बुधबारका दिन मध्यान्हमा दोर्दी खोलामा अचानक आएको भिषण बाढीका कारण दोर्दी गाउँपालिका– ६ मा निर्माणाधीन दोर्दी जलविद्युत आयोजना ए को निर्माण कार्यमा जुटिरहेका १० जना मजदुर वेपत्ता भए थिए। तीमध्ये चार जनाको शव पहिलो दिनमा र एक जनाको भोलिपल्ट फेला परेको हो। मृतकमध्ये चारजानको शव लमजुङको दोर्दी करिडोरमै र एक जनाको शव गोरखा जिल्लाको पालुनटार स्थित मस्र्याङ्दी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती मृतकको पोष्टमार्टम गरी आफन्तजनलाई शव बुझाउने काम गरिसकिएको छ।

बाढीमा हराइरहेका अन्य पाँच जना व्यक्तिहरू पनि को को हराएका हुन् भन्ने खुलिसकेको छ। उनीहरूको खोजी कार्यमा आफूहरू जुटिरहेको तर प्रगति हात पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

उनका अनुसार आइतबारका दिनमा पनि दोर्दीखोला क्षेत्रमा अविरल रुपमा पानी परिरहेको छ रठूलो बाढी आएको छ। जसका कारण खोलामा गाडी र मानिस तर्न सक्ने अवस्था छैन त्यसैले मुख्यमन्त्री सहितको निरीक्षणमा आएको टोलीको बास दोर्दी गाउँपालिका– ४ को नौथर सेरामा हुने भएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width