वालिङ, १३ साउन । नेपाल सरकारले ल्याएको पछिल्लो कर नीतिका बारेमा ब्यापारी तथा ब्यवसायीलाई जानकारी दिन वालिङ उद्योग वाणिज्य संघ टोलटोलमा जाने भएको छ ।
वालिङ उद्योग वाणिज्य संघको कार्य क्षेत्र भित्रका ब्यावसायीका राय सल्लाह, सुझावहरु संकलन गर्न र वालिङ उद्योग वाणिज्य संघका गतिविधिहरु जानकारी गराउन यो अभियान थाल्ने निर्णय गरेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
“सरकारले पछिल्लो समय ल्याएको कर तथा राजश्व नीतिकाबारेमा ब्यापारी तथा ब्यवसायीहरुमा अन्योलता देखिएकाले हामीले संस्थागत निर्णय गरी आगामी साताबाट यो अभियानको थालनी गर्छौं” संघका अध्यक्ष पौडेलले भने, “साउन १६, १७ र १८ गते संघको सचिवालय, रामबाच्छा, मिर्दी, भुम्रे, भकुण्डे र बाँयटारीमा टोल टोलमै पुगेर समूह समूहमा अन्तरक्रिया कार्यक्रम गर्छौं ।”
२०५४ सालमा स्थापना भएको संघले हालसम्मका गतिविधिलाई समीक्षा गर्दै भावी कार्यदिशा तय गर्दै वालिङ उद्योग वाणिज्य संघले वालिङ उद्योग वाणिज्य संघमा व्यवसाय सेवा केन्द्र स्थापना गर्ने, वालिङ नगरपालिकामा व्यवसाय करमा साझेदारीको निरन्तरता दिनका लागि पहल गर्ने, बजार क्षेत्रमा जडित सीसीटिभी क्यामेरा मर्मत तथा सञ्चालन गर्ने योजना बनाएको संघका कार्यकारी सचिव बाबुराम रेग्मीले बताए ।
यसअघि वालिङ उद्योग वाणिज्य संघले सरकारले नीजि क्षेत्रको समन्वय र प्रर्याप्त छलफल बिनानै लागू गर्न लागेको विभिन्न नीति, नियमहरु अब्यवहारिक रहेको भन्दै निर्णयलाई पुर्नविचार गर्नका लागि विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको थियो ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१