जनताको सेवामा विचलित नहुन सुझाव

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
police photo

तनुहँ, १२ साउन । गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रमुख विनोद शर्मा धिमिरेले जिल्ला प्रहरी कार्यलय तनहुँको निरीक्षण तथा अनुगमन गरेका छन्। ।

राष्ट्र र जनताको सेवाका लागि विचलित नहुन जिल्ला प्रहरी कार्यलय तनहुँमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए। । अनुगमनको क्रममा उनले जिल्लाका प्रहरी कार्यालयका प्रमुखसँग वस्तुस्थिति र समस्याका वारेमा जानकारी लिएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँ र विभिन्न स्थानका ट्राफिक विटका ईन्चार्जहरुलाई निर्देशन दिदै दुर्घटना न्यूनीकरणका लागि अहोरात्र लागिपरेकोमा धन्यवाद दिदै आउने समस्यासँग जुध्न निर्देशन दिए ।

प्रहरी हरेक समय कर्तव्य निष्ठ, ईमानदार र राष्ट्रको बफादार सिपाही भएको वताउदै निश्पक्ष,स्वतन्त्र र सामाजिक न्यायकालागि जस्तो सुकै परिस्थितिमा पनि पछि नपर्ने वताए । निरीक्षणकै क्रममा घिमिरेले वन्दीहरुको वसाई र खानपिनको अव्यवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षा, र इलाका प्रहरी कार्यलयहरुको स्तर उन्नतिका विषयमा र दरवन्दी आवश्यक रहेनरहेको अनुगमन र निरीक्षणबाट समग्र जिल्लालाई प्रेरणा र शान्ति सु–व्यवस्थामा थप हौसला मिलेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले वताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width