६८२ निःशुल्क टिजी र सुगर जाँच

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
url malepatan 76 (1)

पोखरा, १२ साउन राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको निःशुल्क रगत जाँच गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरेका हुन् ।

युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नुपूर्व नै सावधानी अपनाउन आग्रह गरे ।

डा. काफ्लेले मधुमेह, टिजी, प्रेसर, थाइराइड जस्ता रोग लागे वेवास्ता नगर्न र जीवन नै सकियो भन्ने पनि नसोच्न आग्रह गरे । उनले भने, ‘रोग लाग्दैमा जीवन सकियो भन्ने सोच्ने पनि होइन, उपचारै नगरी ठीक हुन्छ भनेर बस्ने पनि होइन ।’ समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ निशुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई निःशुल्क सेवा दिइसकेको उनले दावी गरे ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width