मनाङवासीको जहाज चढ्ने धोको अपूरै

नवराज पहाडी
श्रावण १२, २०७६
Humde_Fotor

नेपाल वायु सेवा निगमको जहाज केही वर्षअघि हुम्दे विमानस्थलमा। तस्वीर : आदर्श समाज

हिमालपारीको जिल्ला मनाङमा हवाई मैदान बनाइए पनि जिल्लावासीको जहाज चढ्ने धोको पूरा हुन सकेको छैन। हुम्देमा विमानस्थल बनेपछि जहाज चढेर काठमाडौं, पोखरा जान चाहना पालेका उनीहरू अचेल निराश हुन थालेका छन्।

ङिस्याङ गाउँपालिका–४, हुम्देमा हुम्दे विमानस्थल निर्माण गरिएको ७ वर्ष बित्यो। विमानस्थल सदुपयोग नहुँदा जिल्लावासीमा चिन्ता थपिएको छ। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले ‘हुम्दे विमानस्थल माल पाएर चाल नपाए’ जस्तै भएको टिप्पणी गरे। उनले भने, ‘हुम्दे हवाई मैदान नेपालकै सुन्दर ठाउँमध्ये एकमा पर्छ। हामीले यसलाई प्रयोगमा ल्याउन सकेनौं। यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको ६÷७ वर्ष भइसक्यो। ’

हुम्दे विमानस्थल मनाङमा निर्माण गरिएको एकमात्र विमानस्थल हो। तर पछिल्ला वर्षहरुमा यहाँ कुनै पनि विमानले उडान भर्न नसक्दा मनाङवासी निराश छन्।

यो विमानस्थल समुद्र सतहबाट ३ हजार ३ सय ३० मिटर उचाइमा छ। उक्त विमानस्थल कालोपत्रे गर्नुअघि नेपाल वायु सेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भर्ने गरेको विमानस्थल रहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार उच्च हिमाली भेग भएका कारण मौसममा आउने बदलावका कारण ४ महिना जहाज अवतरण नभए पनि ८ महिनाका लागि भने राम्रै सेवा दिने गरेको थियो। मौसममा आएको खराबीका कारण २÷२ महिनामा सूचना जारी गरी हवाई उडान स्थगित गर्ने गरिएको थियो। तर विमानस्थल पक्की बनेपछि सेवा बन्द गरिएको छ। ‘सरकारको नीति नै के हो, बुझ्नै सकेन, ’ घलेको भनाइ छ।

हुम्देमा २०३९ साल असोजबाट उडान शुरु गरिएको थियो। पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ। हुम्दे विमानस्थलमा ४ वर्षअघि गोमा एयरले परीक्षण उडान गरेको थियो। सफल उडान गरी सेवा नियमित गछौं पनि भनेको हो तर गरेन, गाउँपाकिलाका अध्यक्ष बताउँछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०६९÷७० मा विमानस्थललाई ९ करोड रुपैयाँ खचेर्र ६ सय मिटर रहेको धावनमार्ग विस्तार र कालोपत्रे गरिएको हो। त्यतिबेला वायुसेवा निगमले पनि तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी ल्याएर मंसिरमा हवाईजहाज परीक्षण गरिएको हो।

त्यसबेला बाह्रै महिना जहाज अवतरण गर्न सकिने भनिएको थियो। विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक साता पहिले झैं उडान भर्न सकिने समेत बताइएको थियो। विडम्बना त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन।

मनाङस्थित पर्यटन व्यावसायिक समिति अध्यक्ष विनोद गुरुङले मनाङ सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा प्रदायक कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको बताए। उनका अनुसार नियमित उडान भए मनाङ पुगेका पर्यटक केही दिनको बसाइँपछि थोराङला पास पुगेर मुस्ताङको जोमसोम हुँदै पोखरा फर्कन सक्ने भएकाले विमानस्थलको ठूलो महत्व रहेको छ।

सरकारी तवरबाट पनि विमानस्थल सञ्चालन पहल गरिरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। घलेले भने ‘जहाज नचल्दा गम्भीर प्रकृतिका बिरामीहरू, सुत्केरी हुन नसकेका महिला, वृद्धवृद्धा, बालबालिकालाई बढी मर्का पर्ने गरेको छ। ’ स्स्थानीयको आवश्यकता मध्यनजर गदै गाउँपालिकाले हुम्दे विमानस्थललाई प्रथामिकतामा राखेर काम गर्ने सोच बनाएको घलेले बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width