सूपर टच ट्रेड्स सटिङ सुटिङ संचालनमा

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
Shop_Fotor

पोखराको न्यूरोडमा शनिवारबाट सूपर टच ट्रेड्स नामको सटिङ सुटिङ पसल सञ्चालनमा आएको छ ।

म्याग्दीका मीनबहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारीमा कम्पनी स्थापना गरी पसल संचालनमा ल्याइएको हो।

कुल पुँजी १ करोड रुपैयाँ रहेको सो कम्पनी न्यूरोडस्थित होटल दीपसागर अगाडि छ।

युवामा बढ्दो सुट र दौरा सुरवाल क्रेजलाई ध्यानमा राखी सो कम्पनी शुरु गरिएको सञ्चालक रेशम विकले जानकारी दिए। कम्पनीमा इटालियन इन्डियन लगायत सुट तयार गरिने जनाइएको छ। १२ हजार रुपैयाँदेखि ६० हजारसम्मका सुट तयार गरिने कम्पनीका निर्देशक मीनबहादुर थापाले जानकारी दिए।

५ वर्षदेखि सबै उमेर समूहका कोट पाइन्ट तयार गरिने बताइएको छ। विवाह, पाटी, स्कूल, कलेज कार्यालय प्रयोजनका लागि सट सुटहरु उपयुक्त हुने दाबी कम्पनीको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग