पसगााउँ समाजद्वारा दातालाई सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
d11

पोखरा, १२ साउन । लमजुङको पर्यटकीय पसगाउँबाट पोखरा आइ बसोबास गरेका गुरुङहरुको साझा संस्था पसगाउँ (पैको तमू) गुरुङ समाज पोखराले एक कार्यक्रमको आयोजना गरि दाताहरुलाई सम्मान गरेको छ ।

साउन महिनाको वार्षिक नियमित खिर खाने कार्यक्रमको अवसर पारी पसगाउँ माइती घर भई लमजुङकै गिलुङ कर्म घर भएका तथा हाल बेलायत निवासी श्रीमान श्रीमती दिलमाया गुरुङ र नन्दप्रसाद गुरुङलाई स्वागत तथा सम्मान गरेको हो ।

उनीहरुले पसगाउँ तमू समाजको तर्फबाट मायाको चिनो र पसगाउँमै निर्मित अल्लोको कोट र खादाले सम्मान गरिएको हो भने आमा समुहको तर्फबाट खादा र फूलको बँुकीले सम्मान गरिएको थियो यस्तै पसगाउँ ठाँटी मा.वि.को तर्फबाट सम्मान पत्रले सम्मान गरिएको थियो ।

पस गाउँ तमू समाजका अध्यक्ष रामबहादुर गुरुङ, संस्थापक अध्यक्ष कपुरमान गुरुङ, ठाँटी मा.वि. पसगाउँका प्रधानाध्यापक रतनसिंह गुरुङ, लेखापाल संगीता गुरुङ तथा आमा समूह एवम पसगाउँबासीले टिका लगाएर फूल माला मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्व एवम् समाजसेवी दिलमाया गुरुङले जीवनमा आफनो लागि मात्रै काम गर्नु भन्दा अरुको लागि पनि केहि गर्दा त्यहाँबाट पाउने जति खुसी अरु चीजमा नपाउने भन्दै समयले साथ दिएसम्म समाजसेवामा आफूहरु लागि रहने बताइन ।

उनीहरुले पसगाउँ समाजलाई नगद रु.६० हजार दान स्वरुप प्रदान गरेका थिए । तमू धि लण्डन इकाईको तर्फबाट आर्थिक अवस्था कमजोर भएकी पसगाउँ निवासी चिजकुमारी गुरुङलाई ३० हजार रुपैंया सहयोग गरे ।

यस्तै पसगाउँमा रहेको बौद्ध गुम्बालाई १० हजार आर्थिक सहयोग गर्नुको सार्थे नृत्य निर्देशकलाई पनि नगद १० हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गरेका थिए । यसअघि पसगाउँ ठाँटी मा.वि.मा स्थापना गरेको ६ लाख ५० हजारको अक्षयकोषको व्याज बापत प्राप्त रु. १ लाख २५ हजार रुपैंयाले यसवर्ष नयाँ विद्यालय भवन थप्न सहयोग पुगेको भन्दै विद्यालयका प्र.अ.रतनसिंह गुरुङले कार्यक्रम मार्फत उनीहरुप्रति आभार व्यक्त

आयोजित सम्मान तथा खिर खाने कार्यक्रम समाजका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने समाजका सदस्य हरिमाया गुरुङले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । कार्यक्रममा पसगाउँ तमू समाजका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width