ब्याडमिण्टन उपाधि उपेन्द्र र छबिलाई

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
chabi 2

साउन ११,पोखरा । पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा शनिबार आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि उपेन्द्र श्रेष्ठ र छबि सुवेदीको जोडीले जितेको छ ।

फाइनल खेलमा शिव शर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले सो उपाधि जितेको हो । प्रतियोगितामा नारायणहरि तिवारी र हेमकृष्ण श्रेष्ठ तथा दीपक मुल्मी र सुरेश श्रेष्ठको जोडीले तृतीय स्थान हाँसिल ग¥यो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका सांसद कृष्ण थापाले एक समारोहकाबीच ट्रफि, मेडलले पुरस्कृत गरे । पुरस्कार प्रदान गर्दै सांसद थापाले स्वस्थ्य नागरिक उत्पादन र अनुशासित समाज निर्माणका लागि यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

सोपाल तमु समाजमा नियमित रुपमा ब्याडमिण्टन खेल्दै आएका खेलाडीहरुको विभिन्न २२ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीबीच भाइचारा अभिबृद्धिका लागि बेलाबखत मिलिजुली कप आयोजना हुँदै आएको प्रतियोगिता संयोजक ठाकुर सिग्देलले जानकारी दिए । सञ्जीबहादुर कोइरालाको सभाध्यक्षमा सम्पन्न समारोह अर्का खेलाडी विजय साहीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width