स्थानीयद्वारा वेगनासताल सरसफाइ

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
baganas tal

पोखरा, ११ साउन । पोखराको लेखनाथ स्थित वेगनासताल सरसफाइ गरिएको छ । निरन्तर रुपमा गरिदै आइएको सरसफाइ अभियान ६७ औ हप्ता भएको छ ।

ब्युटिफूल वेगनासलाई आत्मसाथ गर्दै यस क्षेत्रको पर्यावरण जोगाउन स्थानीय वेगनास युवा क्लबले हरेक हप्ता सफाइ गर्दै आएको मुख्य अभियन्ता तथा वेगनास युवा क्लबका अध्यक्ष रामवहादुर रानाभाटले जानकारी दिएका छन् ।

अभियानको ६७ औ हप्ताको कार्यक्रमलाई गगनगौडामा रहेको ओसियन जिम तथा फिजिकल फिटनेसले समेत साथ दिएको छ। उक्त जिमका करिव ३० युवा, रानाभाट समाज वेगनासतालका महिला र क्लबका सदस्यसंगै स्थानीयहरुले सफाइ तालवरपर सफा सरसफाइ गरेका थिए ।

शनिबार ताल वरपर मन्धरेपार्क, ड्यामसाईडमा रहेको २० बोरा फोहोर संकलन तथा तालको किनारमा रहेको जलकुम्भी हटाइएको हो । सरसफाई अभियानको क्रममा पोखरा बृहत् सफाइ अभियानसंग समेत साझेदारी गरेको क्लबले वेगनासताल लाई केन्द्रविन्दुमा राख्दै सरसफाई गर्दै आएको छ। पोखराको लेकसाईड पछिको पर्यटकीय केन्द्र वेगनासताल क्षेत्र मानिन्छ । फोहोर फाले जरिवाना लेखिएकाू बोर्डहरु वडाले राखे पनि उचित निरीक्षण र समन्वयको अभावले गर्दा जरिवाना बोर्डमा मात्र सिमित देखिन्छ।

केही दिन अगाडि पोखरा महानगरपालिका वडा नं ३१ वाट जारी एक सुचनाले बेगनासताल बृहत् सफाइ अभियानलाई वेवास्ता गरेकोमा अभियन्ता रानाभाटले दुःख व्यक्त गर्दै काम गर्नेलाई यहाँ कुनै वास्ता गरिदैन यद्यपि हाम्रो सफाइ अभियानलाई स्थानीय तथा विभिन्न संस्थाहरुको साथले निरन्तरता पाएको वताए ।

उनले भने केही पार्टी राजनीति गर्दै केही पहुँचवालाहरुले सो समिति निर्माण गरेर आफू अनुकुलका व्यक्तिलाई सदस्य वनाउदै बजेट हत्याउने प्रयास भयो । फोहोर गर्नेले फोहोर गर्दै जाने र उठाउनेले निरन्तर उठाउदै जाने हो भने यस्ता खाले सफाईका हजारौं हप्ता पनि निरर्थक वन्नेछ्न्। यद्यपि मानिसमा सचेतना आउनको लागि यस्ता खालेसफाइ अभियानले सानै भएपनि भूमिका खेल्ने देखिन्छ।

यता लागुपदार्थको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको राईजिङ स्टार युथ क्लबले पनि पोखरा २७ तथा आसपासका क्षेत्रलाई केन्द्र मानी संचालन गर्दै आएको रिठेपानी बृहत सफाईको ५१ औं हप्ता सम्पन्न गरेको छ। उक्त अभियानका अभियन्ता तथा क्लबका अध्यक्ष विष्णु गुरुङले नेतृत्व गरेको यो अभियान वेगनास बृहत सफाइसंग प्रेरित रहेको उनी वताउछन्। ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width