मदनपोखरा र बेथलको समूह उत्कृष्ट

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
News. (4)

पाल्पा, ११ साउन । अन्तरमावि जिल्लास्तरीय छात्र–छात्रा फूटवल प्रतियोगितामा छात्रतर्फ मदनपोखरा मावि र छात्रातर्फ बेथल बोर्डिङको समूह उत्कृष्ट खेलाडी बनेका छन् ।

जिल्ला फूटवल संघद्वारा आयोजित तथा चौधरी ग्रुपको प्रायोजनमा सञ्चालित खेलमा उत्कृष्ट हुने समूहलाई ५ नं प्रदेश सांसद वीरबहादुर रानाले ट्रफी, प्रमाण–पत्र प्रदान गर्दै पाल्पा पहिलेदेखि नै खेलकूदमा उत्कृष्ट जिल्ला भएकोले थप सफलताको लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

विशिष्ठ अतिथि तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकूद विकासमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । फूटवल खेलमा पुरुषतर्फ दमकडा माध्यमिक विद्यालय प्रथम, पाल्पा प्यारागन बोर्डिङ्ग स्कूल तानसेन द्वितीय भएका थिए । महिलातर्फ बेथल बोर्डिङ्ग स्कूलको समूह क्याप्टेन वविता थापासहितको समूह प्रथम र प्यारागन द्वितीय थिए । पाल्पा प्यारागन महिलातर्फ र पुरुषतर्फ नै दोस्रो बन्यो ।

मनोहर रानाको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको सञ्चालन महासचिव भरत शर्माले गरेका थिए । प्रदेशस्तर समूहमा प्रथम हुने छात्र–छात्रा तर्फले प्रदेशस्तर खेलमा सहभागिता जनाउने महासचिव भरत शर्माले जनाए । उनका अनुसार प्रदेशस्तरको फुटवल प्रतियोगिता साउन १९ गतेदेखि बुटवलमा सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width