६ सय ३९ यूनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
blood donetionnptaa

पोखरा, ११ साउन । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्वारा पोेखरामा गरिएको रक्तदानमा ६ सय ३९ पोका रगत संकलन भएको छ ।

लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघ संस्थाको छांता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसियसनद्वारा आयोजित एवं रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा उक्त मात्रामा रगत संकलन भएको हो ।

नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले वार्षिक कार्यक्रम अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय समिति पोखराका अध्यक्ष गजबहादुर गुरुङको संयोजकत्वमा पोखराको अमरसिंह चोक र पोखरा रंगशाला गरी दुइ छुट्टाछुट्टै स्थानमा रक्तदान गरिएको थियो ।

जसअनुसार अमरसिंहचोकमा २ सय ७६ युनिट र रंगशालामा ३ सय ६३ युनिट रगत संकलन भएको नेपाल फिजिकल ट्र्निङ एशोसियसन क्षेत्रीय समिति पोखराका कोषाध्यक्ष सेत्तमराज गुरुङले जानकारी दिए । गुरुङका अनुसार एशोसियसनमा आवद्ध ३९ वटा ट्रेनिङ सेन्टरमा आवद्ध प्रशिक्षार्थीले रक्तदान कार्यक्रममा सहभागिता जनाएको थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width