पोखरामा सहकारी बैंकको समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
IMG_0284

पोखरा, ११ साउन । आर्थिक अवस्था कमजोरका लागि लक्षित गरी सहकारी संचालन गर्ने भनिएको भएपनि त्यो अनुरुप नभई सहकारी सम्पन्न व्यक्तिकै हातमा गएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको रणनीतिक योजना अनुसार देशभरका सहकारीहरुको दिगो विकासका लागि सहकारीहरुको संस्थागत विकासका लागि सहयोग गर्ने योजनाका साथ पोखरामा जारी समीक्षा गोष्ठी पनि शुक्रवार सम्पन्न भएको छ ।

गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक समीक्षा तथा योजना सम्बन्धमा छलफल गर्न गण्डकी प्रदेशको पोखरामा सम्पन्न गोष्ठीले यस्तो निष्कर्ष निकाल्यो ।
बैंकले प्रदान गर्ने सेवाहरु सबै सदस्य सहकारी संस्थाहरुमा पुर्याई सहकारी क्षेत्रलाई प्रभावकारी बनाउने योजनाका साथ बैंकका आगामी कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।
गोष्ठीमा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रलाई सफल र प्रतिफलमुखी बनाउनका लागि बैंंकले निरन्तर रुपमा सहयोगी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा सहकारीको संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरेका थिए ।गोष्ठीमा बैंकका ४४ वटै शाखाका प्रमुखहरुले आफ्नो शाखाले गरेको प्रगति चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्य र आगामी दिनमा थप प्रभावकारी सेवा सञ्चालन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

बैंकमा हाल ११ हजार १ सय २५ शेयर सदस्य, १ अर्ब ५८ करोड शेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेकोछ ।गोष्ठीमा बैंकका ४४ वटै शाखा प्रमुख, विभागीय प्रमुख सहित ६० जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width