अघिल्लो वर्षको तुलनामा १२ लाखबढी राजस्व

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
Sunsps ks

लमजुङ, ११ साउन । लमजुङको सुन्दरबजार नगरपालिकाद्वारा अघिल्लो आवको तुलनामा २०७५/७६को अवधिमा साढे १२ लाख बढी राजस्व संकलन भएको छ । त्यसो त लक्ष्यको तुलनामा चार प्रतिशतले कम हो ।

सुन्दरबजार नगरपालिकाले गत आव २०७५/७६को अवधिमा ८० लाख रुपैयाँ संकलनको लक्ष्य आंकलन गरेकोमा सो अवधिमा ७६ लाख ६१ हजार ७२ रुपैयाँ संकलन भई लक्ष्यको तुलनामा ९५.७६ प्रतिशत मात्र प्रगति भएको हो । तर सो रकम अघिल्ला आव २०७४/७५ को अवधिमा संकलन भएको तुलनामा साढे १२ लाख बढी होे । सो आवमा नगरपालिले ६७ लाख ७ हजार नौ सय ७४ रुपैयाँ संकलन भएको थियो । जुन गत आवको अवधिमा संकलन भएको राजस्वको तुलनामा १२ लाख ५४ हजार ९४ रुपैयाँ बढी संकलन भएको हो ।

त्यस्तै, आव २०७३/७४ को अवधिमा एक करोड तीन लाख ८७ हजार छ सय ७२ रुपैयाँ राजस्व संकलन भएको थियो । सो आवमा भने राजस्व संकलनको प्रगति एक सय ४४ प्रतिशत बढी भएको देखिन्छ । सो आवमा राजस्व संकलन लक्ष्य ७१ लाख ९१ हजार छ सय राखिएको नगरपाकिलाको राजस्व संकलन शाखाबाट देखिएको उक्त शाखाका प्रमुख युवराज सुवेदीले बताए । उनका अनुसार सो आवको राजस्व गिट्टी बालुवाको समेत संयुक्त हो । पछिल्ला दुई आवको उपरोक्त राजस्व विवरणमा उल्लेख छ ।

चालु आव २०७६/७७ को अवधिमा राजस्व संकलनको लक्ष्य ९० लाख आंकलन गरिएको सो नगरपालिकाका मेयर जनकराज मिश्रले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width