सुत्केरी महिलालाई कुहिएका अण्डा

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७६
p 10

म्याग्दी , १० साउन । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाँडेको अण्डा कुुहिएको पाइएको छ । जीवनको महत्वपूर्ण क्षण कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई सुआहाराले २ सय रुपैयाँ बराबरको अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडेंका र खान योग्य नभएको पाइएको हो ।

सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती र सुत्केरी महिलाहरुलाई घरमै पुगेर १० वटा अण्डा वितरण गरेका थिए । उनीहरुले दिएको अण्डा खान योग्य नभएको र सडँेको अवस्थामा पाइएको महिलाहरुले गुनासो गरेका छन् । अण्डा खान योग्य छ वा छैन कुनै जाँच परिक्षण नगरी अण्डा वितरण गरिएको छ ।

जेठ महिनाको १६ गते अन्नपूर्ण गाउँपालिका १ दोबामा कार्यरत सामाजिक परिचालिका मनकुमारी गर्बुजाले स्थानीय अमृत गर्बुजाको घरमा दिएको १० ओटा अण्डा कुहिएको पाइएको हो । घरमा आएर सामाजिक परिचालिकाले १० ओटा अण्डा दिएकी थिइन् अमृत गर्बुजाले भने ‘बेलुका सुत्केरी श्रीमतीलाई बनाएर खुबाउँदा त सबै कुहिएको पाइयो ।’ गबुर््जाले कुहिएका अण्डा सहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा समेत राखेका छन् ।

कुहिएका अण्डा खानै नहुँने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भिमप्रसाद आचार्य बताउछन् । कुहिएका अण्डा खाएमा पखला लाग्ने,पेट दुख्नुका साथै फुट पोइजन हुने उनले बताए । अण्डा खान योग्य छ वा छैन जाँचेर मात्र वितरण गर्नुपर्ने उनले बताए । हचुवाका भरमा अण्डा वितरण गर्दा यस्तो भएको हुनसक्ने उनको भनाई छ । अण्डाको क्रेटमा उत्पादन भएको र प्रयोग गर्ने मिति हुनुपर्दछ । उत्पादन भएको लामोसमय भएमा त्यो अण्डा खानयोग्य हुँदैन । यदी कुहिएको अण्डा नै वितरण गरेको हो भने यसले मानव जिवनमा गम्भिर असर पुग्ने स्वास्थ्य प्रमुख आचार्यले बताए ।

सामाजिक परिचालिका गर्बुजाले कुहिएको अण्डा वितरण नगरेको बताए । उनले गाउँमै खरिद गरेर बाडेको हो कसरी त्यस्तो प¥यो आफू पनि अचम्मीत भएको बताए । अरुबाट गुनासो आएको छैन त्यहाँ कसरी त्यस्तो प¥यो गर्बुजाले भनिन् । सुत्केरी भएको १५ दिन भित्र घरमा पुगेर दुइसय रुपैयाँ बराबरको खानेकुरा दिने कार्यक्रम हो उनले भनिन् ‘फलफुल र अण्डा दिने गरिएको छ जानी जानी उहाँलाई कुहिएको अण्डा दिएको होइन ।’ सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो उनले भनिन् ।

वितरण गरिएका अण्डाहरु कुहिएको पाइएपछि सुआहाराले मावन जिवनमा गम्भिर लापरबाही गरेको छ । वितरण हुने अण्डा खाना योग्य छ वा छैन कुनै परिक्षण नगरी सुत्केरी महिलालाई दिँदा यसले महिलाको स्वास्थ्यमा गम्भिर असर पुग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुआहाराले ६ वटै स्थानीय तहमा पुगेर सुत्केरी आमाहरुको पोषणमा सहयोग पुगोस भनेर अण्डा वितरण गर्ने गरेको छ । सुत्केरी महिलाहरुलाई अण्डा वितरण गर्नुका साथै पोषण सम्बन्धी परामर्श दिने गरेको मिलन म्याग्दीका तथ्याङ्क व्यवस्थापन अधिकृत लेकनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार दलित,गरिब विपन्न परिवारका गर्भवती र सुत्केरी महिला गरी पाँच सय ८४ जनालाई करिब एक लाख १६ हजार ८ सय बराबरको अण्डा वितरण गरिएको छ । जिल्लाको मालिका गाउँपालिकामा एक सय ७,धवलागिरीमा ७० जना,अन्नपुर्णमा ८४ जना रघुगंगामा ९९ जना र बेनी नगरपालिकामा एक सय ४९ जना गरी पाँच सय ८४ जनालाई अण्डा वितरण गरिएको छ ।

मिलन म्याग्दीको सामाजिक परिचालकद्धारा स्थानीय बजारबाट खरिद गरी अण्डा वितरण गरिएको मिलनका तथ्याङक व्यवस्थापन अधिकृत सापकोटाले बताए । सुआहारा कार्यक्रम अन्तर्गत ६ सय जनालाई अण्डा वितरण गर्ने लक्ष्य लिए पनि पाँच सय ८४ जनालाई मात्र वितरण गरिएको उनले बताए ।
फोटो छ अन्डा ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width