श्रेस्तेदारको गाडीमा आगजनी

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७६
aagjani

नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा के कारणले आगलागी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाडीमा आगजनी विप्लव समूहका कार्यकर्ताले लगाएको हुनसक्ने आशंका गरिएको छ । नवलपुर जिल्ला अदालतका श्रेस्तेदार सारद दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम्र सूचना अधिकारी अर्जुन रानाभाटले गाडीको मुनी मट्टीतेलको गन्ध आएका र केही बोराका टुक्रा फेला परेकोले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कावासोती–८ थकालीचोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडुको गाडी श्रेष्ठको घर साइडमा पार्किङ गरी राखिएको थियो । राती सोही घरमा भाडामा बस्ने झपटबहादुर कुँवर लगायत ४ जना मानिस काठमाडौं जान निस्कँदा एक्कासी आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परी गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ । विप्वल समूहले केही दिन अघि सरकारमाथि प्रतिबन्ध लगाइ सरकारी गाडी चल्न नदिने चेतावनी दिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width