पुष्पलाल स्मृति प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौथो कास्की जिल्लास्तरीय ब्याडमिण्टन प्रतियोगिता जारी छ। सोअन्तर्गत वुधवार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन्।
५५ वर्षमाथिको भेट्रान्समा कास्कीका जयराम हमाल र रामजी बास्तोलाको जोडीले फाइनलमा स्थान बनाएका छन्। जयराम जोडीले चितवनका पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
राष्ट्रिय खुलातर्फ कास्कीका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। विशाल खड्का र भूगोल गुरुङको जोडीले पाल्पाका बसन्त बज्राचार्य र विनय खातीको जोडीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ।
गण्डकी प्रदेशस्तरितर्फ बागलुङका विवेक जिसी र राजन खड्काको जोडीले कास्कीका रेशम आले र सिद्धार्थ लामाको जोडीलाई हराउँदै सेमिफाइनल पुगेको छ। कास्कीका विशाल हिराचन र बिरेन्द्र कुँवरको जोडीले कास्कीकै होम गुरुङ र प्रदिप श्रेष्ठको जोडीमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको प्रतियोगिता प्रचार प्रसार समिति संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा मंगलबारदेखि पोखरामा प्रतियोगिता शुरु भएको हो।
Related News
सम्बन्धित समाचार
आहा रारामा ११ टिम टुंगो
आहारारा सफल पार्न संघसंस्थासँग छलफल
बगर भाइखलकको भेट्रान्स फुटबलमा ३९ टिम
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१