बडी बिल्डिङ खेलाडीको सम्मान गरिने

एजेन्सी
श्रावण ९, २०७६
Body Buildins Players Samman_Fotor

काठमाण्डौंमा हालै सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा पदक विजेता नेपाली खेलाडीको सम्मान गरिने भएको छ।

च्याम्पियनसीपमा राष्ट्रको शिर उचो राख्न सफल भएको भन्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले सम्मान गर्न लागेको संघ अध्यक्ष राजेशबाबु श्रेष्ठले जनाए।

संघको तर्फबाट श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त च्याम्पियनसीपमा स्वर्ण हात पानेर्लाई ५० हजार, रजतलाई ३० हजार र कास्यलाई २० हजार नगदसहित सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो। १८ विधामा प्रतिस्पर्धा गराइएको च्याम्पियनसीपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो। टिम च्याम्पियन भने अफ्गानिस्तान बनेको थियो।

यस्तै, थाइल्यान्ड बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स एशोसिएसनको आयोजनामा साउन ३१ देखि भदौको १ गनेसम्म बैंककमा हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनसीप–२०१९ का लागि साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा विजयी खेलाडी र अफिसियललाई समावेश गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

यसअघि नेपालका समीर श्रेष्ठले सिनियरतर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए। नरेश मुनिकारले १६७ सेमिमाथिको पुरुष एथ्लेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए। उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराएका छन्।

भदौ २६ देखि असोज १, सम्म मंगोलियाको होहोत शहरमा हुन गइरहेको ५३ औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा शारीरिक सुगठन प्रतियोगिताका ३ जना, पुरुष स्पोर्ट्स फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्समा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ जना तथा २ अफिसियल र २ निर्णायकहरु गरी जम्मा १३ जनाले सहभागिता जनाउने भएका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width