जनसेवी लघुवित्तको मुनाफा ३८० प्रतिशतले वृद्धि

एजेन्सी
श्रावण ९, २०७६
profit

पर्वतको जनसेवी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष तुलनामा यो वर्ष ३ सय ८० प्रतिशतले नाफामा वृद्धि गरेको छ। संस्थाले यो वर्ष २ करोड २९ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए। संस्थाले गत वर्ष ६० लाख ५२ हजारमात्र नाफा आर्जन गरेको थियो।

आव २०७५/०७६ को लागि प्रक्षेपण गरिएको वार्षिक कार्ययोजना अनुसार २ करोड १० लाख मुनाफा हासिल गर्ने लक्ष्य रहेको भए तापनि लक्ष्यभन्दा ९ प्रतिशतले बढी मुनाफा हासिल गर्न सक्षम भएको बताइएको छ।

आव २०७५/०७६ को अन्त्यसम्ममा लगानीमा ६६ करोड ११ लाख कर्जा रहेको र १७ हजार सदस्यलाई वित्तीय संस्थामा आवद्घ गराई १९ करोड ६३ लाख बचत रकम संकलन गर्न संस्था सफल भएको छ। आव २०७५/०७६ मा ४ वटा शाखा कार्यालय थप गरी २५ वटा कार्यालय मार्फत सेवा विस्तार गर्दै आएको यो वित्तीय संस्था कालिका लघुवित्तसँगको मर्जर प्रकृयामा लगभग अन्तिम अवस्थामा रहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए।

आव २०७४/०७५ मा ९ करोड ८० लाख चुक्ता पुँजी रहेकोमा आव २०७५/०७६ मा सर्वसाधारणमा शेयर जारी गरी ४ करोड ४३ लाख ३० हजार शेयर रकममा वृद्धि गरी कुल चुक्ता पुँजी १४ करोड ४३ लाख ३० हजार पुगेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width