रोटरी फिस्टेलको पदस्थापन समारोह

एजेन्सी
श्रावण ९, २०७६

रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औं पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १३ औं पदस्थापना समारोह सम्पन्न भएको छ।

वर्ष २०१८/१९ अध्यक्ष बाबुराम पाठकले २०१९/२० अध्यक्ष अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको पद हस्तान्तरण गरे।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले फिस्टेल स्मारिकाको विमोचन गर्दै रोटरी क्लबले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे। रोटरीको जस्तै जिम्मेवारी हस्तारण प्रणाली अन्य ठाउँमा हुन सके यसले सकारात्मक प्रभाव परिवर्तन ल्याउने बताए।

असिस्टेन्ट गर्भनर मीनु कुँवर श्रेष्ठले नवनियुक्त अध्यक्ष थापालाई शपथ ग्रहण गराउँदै हालसम्म रोटरी क्लब अफ पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो पाईलालाई निरन्तरता दिएको प्रति खुसी व्यक्त गरिन्। उक्त अवसरमा नवनिर्वाचित २०१९/२० अध्यक्ष थापाद्वारा अन्य सदस्यको शपथ ग्रहण गराइएको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष विनोद कोइरालाले क्लबले गरेका गतिविधि माथि प्रकाश पार्दै क्लबले सामाजिक सेवाका लागि अन्तराष्ट्रिय दातृनिकायसँगको सहकार्यमा शिक्षा स्वास्थ्य र बातावरणको क्षेत्रमा कार्य गर्न सफल भएको जानकारी दिए।

उनले क्लबबाट विद्यालयमा सहयोग, भूकम्प प्रभावित विद्यालय बनाउनदेखि लिएर खानेपानी जस्ता पूर्वाधारमा प्रत्येक वर्ष १ करोड लगानी गर्दै आएको भन्दै यस वर्ष भने २ करोड लगानी गर्ने लक्ष्य रोटरीको रहेको बताए।

क्लबको नवनियुक्त अध्यक्ष थापाले रोटरी लिनको लागि नभई दिनको लागि बनेको थापाले बताए। उनी क्लबमा दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

क्लबको नवनिर्वाचित बोर्ड अफ डाइरेक्टरमा आईपीपी बाबुराम पाठक, पे्रसिडेन्ट इलेक्ट रमेशप्रसाद कोइराला, भाइस प्रेसिडेन्ट अशोक चालिसे, सचिव दीपक पोखरेल, जोइन्ट सेके्रटरी सृजना भूर्तेल, टे«जरी लक्ष्मी कुवँर, सर्जन एट आर्म नरबहादुर गुरुङ, क्लब टे«नर विनोद कोइराला, क्लब इडिटर बिमला भण्डारी, वेभ मास्टर आदित्य चन्द, क्लब एडेमिन डाइरेक्टर रमाकान्त बराल, क्लब मेम्बरसीप डेभ डाइरेक्टर इ सुरेन्द्रप्रसाद श्रेष्ठ, कम्युनिटि सर्भिस डाइरेक्टर लक्ष्मी थापा गिरी, पब्लिक रिलेसन डाइरेक्टर विष्णुहरि तिमिल्सिना र भोकेस्नल स डाइरेक्टर डा सुनु दुलाल चयन भएका छन्।

कार्यक्रममा टोस्ट प्रपोजल प्रेसिडेन्ट इलेक्ट रमेशप्रसाद कोइरालाले गरेका थिए भने धन्यवाद ज्ञापन महेश्वर पहारीले दिए।

सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१८/१९ अध्यक्ष विद्या कोइरालाले वर्ष २०१९/२० अध्यक्ष सोनु सुनारलाई पद हस्तान्तरण गरिन्। कार्यक्रममा रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरियो।

यस्तै, क्लबमा उत्कृष्ट कार्य गरेका सदस्यलाई सम्मान गरिएको थियो भने प्रोत्साहनका लागि प्रदान गरिएको सृजना अवार्ड क्रिस्टिना भट्टराईलाई प्रदान गरिएको थियो। क्लबका संस्थापक अध्यक्ष समीक्षा कोइराला, पूर्व अध्यक्ष अमृता पौडेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। महिलाहरुको मात्र संलग्नतामा रहेको रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलमा १० जना सदस्य थपिएका छन्।

सो अवसरमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण रोट्ररी सदस्यका ६ जना छोराछोरीलाई सम्मान गरिएको क्लबका सचिव एवं कार्यक्रम संचालक दीपक पोखरेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width