सात स्थानीय तहमा दमकल छैन

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७६
maxresdefault_Fotor

लमजुङका सात स्थानीय तह अझै दमकलविहीन छन्। दमकलविहीन सात स्थानीय तहमध्ये तीनवटा नगरपालिका हुन्।

आगलागीका घट्ना जुनसुकै बेला पनि हुन सक्छ। गर्मी याम तथा हावाहुरी चल्ने समयमा बढी आगलागीका घटना घट्ने हुने गरेका छन्। आगलागीका घटना भएका खण्डमा त्यसको नियन्त्रणको पहिलो आधार भनेको दमकल हो। तर लमजुङमा रहेका आठ वटा स्थानीय तहमध्ये सातवटामा दमकलको व्यवस्था छैन।

जिल्लामा रहेका आठ स्थानीय तहमध्ये बेसीशहर नगरपालिकासँग मात्रै दमकलको व्यवस्था छ।

सुन्दरबजार नगरपालिकाको पाँच वटा वडामा दमकलले राम्रो सेवा दिन सक्ने अवस्था छ। ती हुन्–५ देखि ९ सम्मका वडाहरू। ती वडामा शहरीकरणको चाप बढ्दो छ। तर साँघुरो गल्ली राखेर निर्माण गरिएका घरका कारण दमकल भए पनि सेवा भने राम्रोसँग दिन सक्ने अवस्था छैन।

दमकल रहेको बेसीशहर नगरपालिकाको शहरी क्षेत्रमासमेत साँघुरा सडकका कारण दमकलको सहज आवागमनमा बाधा उत्पन्न हुने गरेको स्थिति छ। एकमहिना अघि बेसीशहर नगरपालिका–८ को सेराकुनामा भएको आगलागीमा ४ सय मिटरको दुरीको जिल्ला प्रहरी कार्यालयमा रहेको दमकल वडानं–७ को पुरानो बैंक चोक, बुद्ध चोक हुँदै आउनु पर्दा ५ मिनेटभन्दा बढी समय लागेको थियो। त्यस्तै, दमकलको सेवाका लागि दक्ष जनशक्ति नहुँदा कतै आगलागी भएको खण्डमा तत्काल सेवा प्रभावित हुने गरेको छ। जसका कारण बेलामा कहिले ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लगाउने भएकाले नगरको दमकल छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह हुन नसकेको स्थानीय दीपेन्द्र श्रेष्ठले बताए।

यस बारेमा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले घटना घटेको ढिलो जानकारी भएको बेला र कुनै कुनै बेला प्राविधिक समस्या भएको बेला बाहेक अन्य समयमा आगलागी भएको स्थलमा चाडै र दक्ष कर्मचारीनै पठाउने गरिएको बताए।

चार गाउँपालिकाका सडकसमेत कम भएका कारण तत्काल दमकलको आवश्यक नदेखिए पनि नगरपालिकामा भने आवश्यकता खड्किन थालेको छ। तर यसबारेमा नगरपालिकाले कुनै योजना बनाएका छैनन्।

यसबारेमा सुन्दरबजार नगरपालिकामा सम्पर्क गर्दा दमकल त किन्न भन्दा पनि पाल्न कठिन रहेछ, हाम्रो जस्तो आन्तरिक आय कम भएको नगरपालिकाले कसरी त्यो धान्ने? भन्छन् मेयर जनकराज मिश्र। उनले भने, ‘तर पनि यो आवश्यकता हो। आउँदो वर्षका लागि किन्ने योजना बनाउने सोच छ। ’

त्यस्तै, आफ्नो नगर क्षेत्रमा दमकल प्रयोग गर्ने शाखा सडक नै बन्न बाँकी छ, ठूलो आगलागीको जोखिम कम छ र आगलागी भई हाले बेसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए।

जिल्लाका अन्य सात स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए।

जिल्लामा सानो आगलागी हुँदा दमकल बिनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, सबै स्थानीय तहमा दमकलको व्यवस्था भएमा आगलागीबाट हुने धनजनको क्षति कम हुनेछ। लमजुङमा चार नगरपालिका र चार गाउँपालिका रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width