धनगढी, ९ साउन । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।
दुई हप्ताअघिसम्म प्रतिकिलो ८० रुपैयाँ पर्ने भिन्डी अहिले १०० रुपैयाँ पुगेको छ भने सिमी ६० रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु ५५ रुपैयाँ, पुरानो आलु ३५ रुपैयाँ, प्याज ६०, लौका ७०, तानेबोडी १४०, काउली १२०, भेडेखुर्सानी १२०, हरियो तरकारी सानो मुठाको २५, गोलभेँडा १२०, हरियो खुर्सानी १०० रुपैयाँ पुगेको छ ।
सागसब्जीको चर्को मूल्य वृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भने “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”
अरु महिनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले गुनासो गरे । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।
“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन् । भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भने “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१