दोर्दी करिडोरमा भिषण बाढी, दुई जनाको शव फेला

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
qujtycO22QQrsy9QJvH-moXXXL4j3HpexhjNOf_P3YmryPKwJ94QGRtDb3Sbc6KY

लमजुङ, ८ साउन । लमजुङको जलविद्युतको खानी रहेको दोर्दी करिडोरमा भिषण बाढी आएको छ । बाढीले दुई जनालाई बगाएको र उनीहरूको शव फेला परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

मृतक व्यक्तिहरू लिवर्टी आयोजनाका कामदार भएको बुझिएको छ । उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो खबर आउनासाथ प्रजिअ डा. डिजन भट्टराई र प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ सहितको एक उद्दार टोली घट्नास्थलतर्फ गएको छ । दोर्दी खोला दोर्दी गाउँपालिका र बेसीशहर नगरपालिका– ११ को वीचमा बहन्छ । दोर्दी गाउँपालिकाको नौथर सेरामा दुई शव फेला परेको सनाखत हुन नसकेको र आफूहरू घट्नास्थलतर्फ गइरहेको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए । थप विवरण आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width