ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
global reach file

पोखरा, ८ साउन । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला गर्ने भएको छ । साउन १२ गते आईतबार पोखरामा यो मेला हुने कम्पनीको पोखरा शाखाले जनाएको छ ।

न्यूरोडको सिटी स्क्वायर पार्टी प्यालेसमा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थी तथा उनीहरुका अभिभावकहरुसँग भेटघाट गर्नेछन् । ‘वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया नै हो । र, हामीले विद्यार्थीको मागलाई मध्यनजर गर्दै उनीलाई बढी भन्दा बढी जानकारी मिलोस् भन्ने हेतुले यो मेला गर्न लागेका हौँ ।’ ‘ग्लोबल रिच’ पोखराका ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङले भनिन् ।

कम्पनीले पोखरामा वर्षेनी दुईवटा यस्ता प्रकृतिको मेलाको आयोजना गर्दै आएको छ । विगत ४ वर्ष यता पोखराबाट सेवा दिईरहेको ‘ग्लोबल रिच’ले गर्न लागेको शैक्षिक मेलाको यो नवौँ सँस्करण हो । ‘धेरै भन्दा धेरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा मिलोस् र उनीहरुको भविष्य उज्यालो होस् भन्ने हाम्रो चाहना हो । हामी विद्यार्थीको भविष्यलाई लिएर निकै संवेदनशील छौँ ।’ ‘ग्लोबल रिच’ पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने–‘त्यसैले हामीले यस्तो मेलाको आयोजना गरेर विद्यार्थीलाई थप सजिलो बनाउने प्रयास गरेका हौँ ।’

मेलामा आउने विद्यार्थीका लागि फ्रि एप्लिकेशन, छात्रवृत्ति, निशुल्क आइईएलटिएस कुपन र विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सोही मेलामा विभिन्न ४ वटा बैंकहरुले विद्याथीलाई शैक्षिक कर्जाको विषयमा जानकारी समेत दिनेछन् । ‘अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई यो मेला विशेष प्याकेज हो । त्यसैले सकेसम्म यो मौका नछुटाउँदा राम्रो हुन्छ ।’ कम्पनीले भनेको छ ।

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको यो कम्पनीको फरक फरक देशमा ४० भन्दा बढी शाखाहरु संचालनमा छन् । खासगरी अष्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगाएतका एसियन मुलुकहरुमा यो कम्पनी सक्रिय छ । १६ वर्ष अगाडिदेखि काठमाण्डौबाट सेवा दिन शुरु गरेको कम्पनीको हाल पोखरासँगै बुटवल र चितवनमा पनि शाखा संचालनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width