रक्तसञ्चार केन्द्रलाई सामाग्री सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
IMG_0251

म्याग्दी,८ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले आवश्यक सामग्री सहयोग गरेको हो ।

रक्तसञ्चार केन्द्रलाई एलजिडिपि रेफ्रिजेरेटर, रक्तदान कुर्सी, सर्जिकल ग्लोब, बिपिसेट, ब्लडव्याग, वेटमेसिन लगायतका आवश्यक सामानहरु हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त सामग्रीहरु जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी र स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै जिससका प्रमुख केसीले रेडक्रसमार्फत सञ्चालित रक्तसञ्चार केन्द्रले जिल्लामा आपत्कालीन अवस्थामा रहेका बिरामीहरुलाई रगतको संयोजन गरी उपलब्ध गराएर अत्यन्तै सराह्रनीय काम गरेको बताए । स्वास्थ्य कार्यालय प्रमुख आचार्यले रक्तसञ्चारको सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाउने उद्देश्यसहित सामग्रीहरु उपलब्ध गराइएको जानकारी दिए ।

यसैबीच जिल्ला अस्पतालमा सुत्केरी महिलाले रगत परीक्षण गरेवापत लाग्ने शुल्कलाई विगत एक वर्षदेखि निःशुल्क बनाइएको छ । यसअघि १ पिन्ट रगतको सात सय ९५ रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो । कार्यक्रमको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत रघुनाथ रेग्मीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width