पहिरोमा ९ जनाको मृत्यु, ४ बेपत्ता

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
Bhoje Pahiro@Lamjung

गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिँदा ९ जनाको मृत्यु भएको छ। घटनामा ४ बेपत्ता छन्।

सोमवार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर सत्यवती गाउँपालिका–३ सिङ्धीमा ३ जना र वडा ४ लिम्घामा ६ जनाको मृत्यु भएको हो। उनीहरुको शव बाहिर निकालिएको छ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार पहिरोमा पुरिएका अन्य ४ जना अझै बेपत्ता रहेका छन्।

पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले करीब १ हजार जना सर्वसाधारणलाई नजिकैको स्कूलमा स्थानान्तरण गरिएको छ।

अविरल वर्षाका कारण गए राति वडा ३ को ठूलो लुम्पेकमा ३४ वर्षीया दिलकुमारी तरामु, उनका ९ वर्षीय छोरा दर्शन तरामु र ६३ वर्षीय दुर्गा सिंजालीको शव निकालिएको हो। सो वडामा पहिरामा पुरिएका १६ वर्षीया बबि विक र ४३ वर्षीया माया विक अझै बेपत्ता छन्।

यस्तै, सत्यवती गाउँपालिका वडा ४ अन्तर्गत लिम्घामा गएको पहिरोमा पुरिएकामध्ये ६ जनाको शव फेला परेका छन्। २ जना अझै बेपत्ता छन्।

घटनामा १० वर्षीय हिंमासु विक, २९ वर्षीया पम्फा विक, ३२ वर्षीया निर्मला विक, १२ वर्षीर्या अञ्जली विक, ६० वर्षीया छल्ली विक र १० वर्षीया सिमानी विकको मृत्यु भएको छ। उनीहरुको शव मंगलवार पहिरोबाट निकालिएको हो। पहिरोमा पुरिएकामध्ये ८ वर्षीर्या तारा विक र एक नाबालक सुमन भेटिएका छैनन्। दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाएको हो। सत्यवती ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

पहिरोले लिम्घामा १५ घर जोखिममा रहेका छन्। यस्तै, सिङदीमा ५५ घर जोखिममा रहेकाले ठूलोलुम्पेकस्थित धर्मपुर माविमा शरण लिएको स्थानीय शिक्षक दुर्गा तरामुले बताए। घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपथ प्रहरीको टोलीले उद्धार गरेको हो। उद्धारमा स्थानीय बासिन्दाले पनि सघाएका छन्। लगातार पानी परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटोसमेत पहिरोले भत्किएकाले घटनास्थलमा उद्धारमा कठिनाइ रहेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए।

उक्त क्षेत्रमा पहिराले पूरै गाउँ नै जोखिममा रहेकाले वडा ४ का प्रभावित स्थानियवासी करीब १ हजार जना सर्वसाधारणलाई स्थानीय राम माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। पहिराका कारण वडा नं ३ का बाध, क्रुर र कसुन्थला बढी क्षति पुगेको छ।

यस्तै वडा ३ का करीब सय घरमा क्षति पुगेको र प्रभावित सर्वसधारणलाई स्थानीय सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको सोही वडाध्यक्ष दानबहादुर रानाले जानकारी दिए। प्रजिअ पौडेलका अनुसार पहिरोमा कयौँ चौपायाँसमेत पुरिएका छन्।

विपद्मा परेकाका लागि राहत सामग्री र औषधिसहित चिकित्सकहरूको टोलीसमेत घटनास्थलमा पठाइसकिएको उनले जानकारी दिए।

उता, अविरल वर्षासँगै खसेको पहिरोमा परी बागलु· गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ। मंगलवार बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताए। गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो। पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ। पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन्।

स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए। उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगेका थिए। प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेका कारण घर पनि जोखिममा छ। मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए। यस्तै, बागलुङको अम्रिसे खोल्सामा आएको पहिरोले मंगलवार बिहान मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

गल्कोट नगरपालिका वडा ७ र ९ को बीचमा रहेको अम्रिसे खोल्सामा आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो। मध्यपहाडी लोकमार्गको शाखा सडकको रुपमा खनिएका मोटरबाटोबाट पहिरो खस्दा बेलाबेलामा लोकमार्ग अवरुद्ध हुँदै आएको छ।

यसैबीच, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले पुर्याएको जनधनको क्षतिको घटनाले स्तब्ध बनाएको बताएका छन्।

मुख्यमन्त्रीले पहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलिका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width