४२ लाख रुपैयाँ राजश्व संकलन

साधन राम्जाली
श्रावण ८, २०७६
traffic office_Fotor

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७५/०७६ मा करिब ४२ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ।

कार्यालयले जिल्लाभित्र ट्राफिक नियम उल्लङ्घन गरी गुड्ने यातायातका विभिन्न साधनहरुमार्फत कुल ४१ लाख ९३ हजार पाँच सय रुपैयाँ राजश्व उठाएको हो।

ट्राफिक नियमको उल्लङ्घन गरेका कुल ६ हजार २ सय वटा सवारीसाधनलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ। २ हजार २ सय ६७ ओटा जीप तथा कार कारबाहीबाट १५ लाख २८ हजार ५ सय रुपैयाँ रकम असुलउपर गरिएको कार्यालयका प्रहरी सहायक निरीक्षक बैकुण्ठ पौडेलले जानकारी दिए।

प्रसनी पौडेलका अनुसार १ हजार ४५ ओटा मोटरसाइकललाई कारबाहीबाट ७ लाख ९२ हजार र १ हजार ३९ ओटा ट्रक तथा ट्रिपर कारबाहीबाट ७ लाख ८ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ।

यसैगरी, १ हजार ४३ ओटा बस कारबाहीबाट ६ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ भने ८ सय ६ ओटा ट्याक्टरलाई कारवाहीबाट ५ लाख ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

यातायातका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको, कागजात नबोकेको, क्षमताभन्दा बढी लोड बोक्ने गरेको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, हेल्मेट नलगाएको जस्ता गल्तीहरु भेटिएपछि कारवाही गरिएको पौडेलले बताए। आर्थिक वर्ष २०७४/७५ मा कुल ८ हजार २ सयवटा सवारीलाई कारवाही गरी ५७ लाख ६६ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७४/७५ तुलनामा सवारी दुर्घटनामा कमी आएको प्रसनी पौडेलले जानकारी दिए । ‘आर्थिक वर्ष ०७४/ ७५ को तुलनामा राजस्व संकलनमा केही कमी आए पनि सवार दुर्घटना न्यूनिकरणमा भने सुधार भएको छ, ’ प्रसनी पौडेलले भने।

सोही अवधिमा म्याग्दी जिल्लामा बस, जीप, कार, ट्याक्टर, मोटरसाइकल अन्य सवारीसहित ७ ओटा दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको प्रहरी जवान पौडेलको भनाइ छ। देशभरीमा नै गत वर्ष म्याग्दीमा सबैभन्दा कम दुर्घटना भएको उनले दाबी गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width