तीजको विकृति रोक्न प्रशासनलाई ज्ञापनपत्र

रासस
श्रावण ८, २०७६
Teej Festival – Hari Talika

Teej Festival – Hari Talika

पाेखरा,  ८ साउन । सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी दिइन् ।

“तीज पर्व पछिल्ला वर्षहरुमा एउटा भड्किलो पर्वको रूपमा स्थापित हुँदै गएको छ । यस पर्वले बोकेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका छन्”, केसीले भने “दरखाने र जमघट हुने नाममा तीज आउनु महीनौँअघिदेखि तडकभडक महँगा गरगहना, कपडासहित पार्टीप्यालेसदेखि तारे होटलसम्म हुने भड्किलो प्रदर्शनले यस पर्वको मौलिकतामाथि प्रश्न उठाएको छ । धार्मिक मूल्य, मान्यता एवं सांस्कृतिक पक्षको संरक्षण गर्नु हामीसँगै जिम्मेवार निकायको पनि हो, त्यसैले प्रजिअसमक्ष ज्ञापनपत्र बुझाएको हौँ”, केसीले भने ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले सामाजिक विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रशासन सधैँ तयार रहेको बताए । तीजको मौलिक परम्परालाई जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रममार्फत तीजको मौलिक पहिचानको संरक्षणमा जोड दिने बताए ।

महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको नारी जागरण अभियानले तीज पर्वको मौलिकता संरक्षण र महिला अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्ने संयोजक केसीले जानकारी दिए । यस वर्ष भदौ १५ गते दरखाने र १६ गते हरितालिका तीज पर्व परेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width