नेपाल पिछाडावर्ग महासंघ कास्कीले एसइई उत्तीर्ण १४ जना विद्यार्थीलाई सम्मान गरेको छ।
पोखरामा आयोजित समारोहमा नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी संयोजक मुरारी शर्मा, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल र संस्थाका अध्यक्ष बलिराम ठाकुरले संयुक्त रुपमा विद्यार्थीलाई सम्मान गरेका हुन्।
नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी संयोजक शर्माले उज्ज्वल भविष्य निर्माणका लागि विद्यार्थीले अध्ययनमा ध्यान दिनुपर्नेमा जोड दिए। नेपाल नाई संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लालाबाबु ठाकुरले सेवाग्राहीलाई सन्तुष्टि दिन हदैसम्मको प्रयास गरिएको बताए।
नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले कुनै पनि व्यत्तिको पहिचान जात, धर्म, वर्ग र क्षेत्र नभएर उसको कर्म हुने उल्लेख गरे।
नेपाल ट्रेड युनियन काँग्रेस कास्की सहसचिव भुनेस ठाकुरले एकता नै बल हुने भन्दै अधिकारका लागि एकजुट हुनुपर्ने आवश्यकता औल्याए।
त्यस अवसरमा नेपाल नाई संघ कास्की सचिव दीपक ठाकुर, नेपाल पिछाडावर्ग महासंघ कास्कीका कोषाध्यक्ष आनन्द ठाकुर, सम्मानित विद्यार्थी ईशाकुमारी ठाकुर र सन्दीप ठाकुर लगायत बोलेका थिए।
नेपाल पिछाडावर्ग महासंघ कास्की अध्यक्ष बलिराम ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नाई संघ कास्की अध्यक्ष बिगुलाल ठाकुरले स्वागत र संस्थाका सचिव आदेशप्रसाद ठाकुरले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रचनाले नचाइन् पोखरेली
निर्माण व्यवसायीले बुझाए ज्ञापन
चिसापानी एकता समाजको भेटघाट
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१