दीपशिखाको उद्घोषक तालिम

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
dipashika (1)_Fotor

दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, लेखनाथको आयोजना र पोखरा महानगरपालिका शिक्षा माहाशाखाको आर्थिक सहयोगमा सकारात्मक सोच तथा उद्घोषण तालिम सम्पन्न भएको छ।

विभिन्न आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको चारदिने तालिमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सिकाइ नसकिने यात्रा भएकाले समाज परिवर्तनका लागि आफूले सिकेका विषयवस्तुलाई स्थानीयस्तरमा प्रयोग गरी सभ्य र सुसंस्कृत समाज निर्माणको अभियानमा जुट्न आग्रह गरिन्।

केन्द्र अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २९ वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा सदस्य निर्मला पौडेल, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रशिक्षक घनश्याम पाण्डे र सहभागी वृन्दा सुवेदी, शिशिर ढकाल, मञ्जु सुनार, हिरा पौडेल र बुद्धिमाया गुरुङ लगायतले तालिम उपयोगी र फलदायी भएको विचार राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width