लायन्स पिस सिभिकको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
lions news photo_Fotor

लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ।

सो अवसरमा आयाजित समारोहको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका द्वितीय उपाध्यक्ष विश्वेश्वर आचार्यले समाजसेवाभन्दा ठूलो कुनै कार्य नभएको बताए।

पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले आफ्नो पेशा व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर आफूले कमाएको केही अंश लायनवाद मार्फत समाजसेवामा लगाउनु पर्ने बताउँदै लायन्स क्लबमा कसैले कसैलाई करकाप गर्न नहुने बताए।

डिष्ट्रीक्ट को–चीफ एड्भाइजर सुचित्रा थापा, क्लष्टर २३ का प्रमुख पृथ्वीराज तिमिल्सिना, जोन ९९ का चियर पर्सन ज्ञानेन्द्रराज कोइराला, क्लबका पूर्व अध्यक्ष एवम् वृक्षरोपण कार्यक्रम को–चीफ बुद्धिनाथ बराल, निवर्तमान अध्यक्ष थानेश्वर तिवारी, लायन्स क्लब अफ पोखरा अपी स्मार्टका अध्यक्ष नेत्रराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए।

क्लब अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष एव् रिजन ४७ का चियर पर्सन पवित्रराज तिवारीले गरेका थिए।

यस्तै, कार्यक्रम संयोजक करण ढकालले धन्यवाद ज्ञापन र संचालन सचिव रेशम खड्काले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width