अस्ट्रेलियन एजुकेशन फेयर

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६

ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सीको आयोजनामा पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ।

पोखरा न्यूरोडस्थित सीटी स्क्वायरमा साउन १२ गते हुने उक्त फेयरको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। फेयरमा १२ बढी अष्ट्रेलियन प्रसिद्ध विश्वविद्यालयका प्रतिनिधिसँग परामर्श लिन सकिने छ भने नेपाली बैंकहरुको सहभागिता रहने छ। विद्यार्थीका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको उक्त फेयरमा विद्यार्थीको आवश्यक भीसा प्रक्रिया, परामर्श, कागजात तयारी, एयरपोर्ट पिकअप र प्रस्थानपछि चाहिने मार्गनिदेर्शन योग्य विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिने जानकारी ग्लोवल कन्सलटेन्सीका सागरबाबु गिरीले जानकारी दिए।

तीन सय विद्यार्थी सहभागी हुने आशा गरिएको सो फेयरमै विद्यार्थीको मूल्यांकन गरिने जनाइएको छ। पहिलो १ सय विद्यार्थीलाई गिफ्ट व्यवस्था समेत गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width