लेखनाथमा भ्यागुताको बिहे

कविराज खनाल
श्रावण ७, २०७६
1563802960_8c914673c0efc8e722dd940b21b4ea04_Fotor

इन्द्रलाई खुसी पार्न भ्यागुताको बिहे गर्दै स्थानीय।

मानिसको बिहे हुनु तपाई हाम्रा लागि नौलो हैन। अचम्म मान्नुपर्ने कुरा के नै छ र? भ्यागुताको बिहे कहिलेकाहीँ सुन्नुभएको होला।

त्यस्तै, अचम्मको बिहे भएको छ, पोखरामा। भ्यागुतोको बिहे, त्यो पनि धुमधाम साथ। दुई सय बढी जन्ती, भोजभतेर सहित टीकाटालो। जग्गे सहित पण्डितले हवन गरे। महिलाहरु रत्यौली खेले अनि पुरुषहरु जन्ती गए। त्यसपछि सकियो भ्यागुताको बिहे।

साउन पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी नपरेर धान रोप्न नपाएपछि वर्षाका देवता ईन्द्रदेव खुसी पार्न किसानले भ्यागुताको बिहे गरिदिएका हुन्। पोखरा ३२, मालेपाटनका किसानले एकजोडी भ्यागुतालाई सिंगारेर बिहे गराएका हुन्।

ईन्द्रदेवता खुसी भए पानी पर्छ भन्ने जनविश्वास रहीआएको छ। यही विश्वासले उनीहरुले एक जोडी भ्यागुता खोजेर धुमधामका साथ बिहे गराइदिए। बिहेका लागि बेहुला भ्यागुतो र बेहुली भ्यागुतोलाई फरक गाउँबाट जोडी बनाइयो। त्यस्तै, बेहुली भ्यागुतोलाई स्थानीयले दाइजो समेत दिए। त्यसपछि दुवै भ्यागुतालाई नजिकैको कुलोमा छाडीदिए अनि बिहे सम्पन्न भयो।

किसानले रोपाइँका लागि तयार गरिएको बीउ छिप्पिइसकेको अवस्थामा पनि पानी पर्छ कि भन्ने आशामा यस्तो बिहे गराएर इन्द्रको आराधना गर्दै ‘हरहर महादेव पानी देऊ देऊ। यतिले त पुगेन अझ थपिदेऊ’ भन्दै पानी मागेका हुन्।

जब सुख्खा लागेर खडेरी पर्न थाल्छ, तब ठाउँ अनुसारका मानिस पानी पार्न अनौठो जुक्ति निकाल्छन्। तराई क्षेत्रमा सोमवार इन्द्रको पुजा गरिन्छ भने कतै दौरा सुरुवाल लगाएर महिलाले हलो जोत्छन्। मालेपाटनका प्रगतीशील आमा समूहको सक्रियता र मालेपाटन कृषि समूह अध्यक्ष नारायण वाग्लेको संयोजनमा जोडी भ्यागुताको बिहे गरी पानी मागिएको स्थानीय किसान सावित्री पण्डितले बताइन्।

खडेरीले यस क्षेत्रका झण्डै ६ सय रोपनी क्षेत्रफलको धान फल्ने खेत अहिलेसम्म पनि बाँझै छ। नेपालको चेरापुञ्जी (सबैभन्दा धेरै पानी पर्ने ठाउँ) को रुपमा परिचित पोखरा र आसपासका क्षेत्रमा यो वर्ष राम्रोसँग वर्षा हुनै सकेको छैन। गण्डकी प्रदेशमा १ लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्यांक छ।

देशैभरी वर्षा र बाढी चलिरहँदा पोखरामा सुख्खा लागेका कारण खेती गर्न नपाएको किसानको गुनासो छ। मालेपाटन, ढोडवेशी, देउराली फेदी आसपासका फाँटमा पानीकै अभावमा धान रोप्न नपाएपछि स्थानीयले भ्यागुतोको बिहे गरी इन्द्रको पूजा गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width