असार मसान्तदेखि शुरु भएको मेहेन्दी लगाउनेको भीड साउनको पहिलो हप्तासम्म जारी छ। साउन लागेपछि मेहेन्दी र हरियो चुरा लगाउने महिलाको संख्या बढ्ने गर्छ।
चिप्लेढुंगादेखि महेन्द्रपुल चोकसम्म केही दुरी कायम गरेर मेहेन्दी लगाइदिने महिला तथा पुरुष डिजाइनर सडक किनारमा बसेको देख्न सकिन्छ। उनीहरु कोही नेपाली छन् त कोही भारतीय नागरिक।
विगत २ वर्षदेखि भारतको झारखण्डबाट श्रीमती र २ छोराहरुसहित मेहेन्दीको व्यापार गर्न किसन गुप्ता पोखरा र काठमाडौ धाइरहन्छन्। छोराहरुले काठमाडौंमा मेहन्दी लगाउने व्यापार गर्छन् भने श्रीमती र उनी भने पोखरामा मेहेन्दी लगाउँछन्। उनका अनुसार दैनिक १ हजार ५ सयसम्म कमाइ हुन्छ र खर्च कटाएर ६ सय रुपैयाँसम्म नाफा हुन्छ।
असार अन्तिम दिन र साउनको पहिलो दिन मेहन्दीको व्यापार हुने प्रमुख दिन हुन्। साउनको पहिलो सातापछि भने व्यापार सुस्ताउँछ। साउन ७ गते गुप्ता काठमाडौ गएर छोरा सहित फर्किएर भारतमा कपडा व्यापारमा फर्किन्छन्।
साउने श्रृंगार मेहन्दीले मात्र पूर्ण हुँदैन। मेहेन्दीसँगै चुराको पनि व्यापार फुटपाथदेखि कस्मेटिक पसलसम्म बढिरहेको छ। मेहेन्दी र चुरा व्यापार गनेर्लाई पिरलो भने नगर प्रहरीको छ। गौरबाट असार २८ गते पोखरा आएर साथी चन्दन शाहसँग मेहेन्दीको व्यापार गर्दै आएका कमलेश कुमारको अनुसार उनको ४ वटा मुढाहरु नगर प्रहरीले लगिसकेको छ। जरिवाना तिरेर ल्याउँदा ५ हजार पर्ने भन्दै उनले पुनः २ वटा नयाँ मुढा किर्ने मेहेन्दीको व्यापार गरिरहेका छन्। आफू भुइँमा बसे पनि ग्राहकलाई भने मुढामा बसाउनुपर्ने हुँदा उनले मुढा खरिद गरेका हुन्।
मेहेन्दी लगाउनेमा बालिकादेखि किशोर तथा युवतीसम्म छन्। पोखराको एक निजी विद्यालयमा अध्ययनरत सुनिता गुरुङले बर्खे बिदापछि विद्यालय आइतवारबाट खुल्ने भएकोले शनिवार नै मेहेन्दी लगाएकी छिन्। विवाहिताले श्रीमान्को दीघार्यु कामना गर्दै होस् अथवा युवती फेशनको रुपमा सबै मेहेन्दीमा श्रृंगारिएको देख्न सकिन्छ।
गाउँघरमा तिउरीको पात मिचेर त्यसलाई गाढा बनाउन चियापत्तिदेखि तोरीको तेल तथा कागती समेत बनाएर मेहेन्दी लगाइन्छ। शहरी क्षेत्रमा भने सोली आकारमा प्याक गरिएको रेडिमेड मेहन्दी नै बढी चल्तीमा छ।
आफैले बनाएको तिउरी प्राकृतिक भएकोले छालामा समस्या आउने डर हुँदैन तर बढी गाढा देखाउन रसायन मिसाएर बनाइने कोनको मेहेन्दीले भने छाला रुखो पार्ने तथा एलर्जीको समस्या आउन सक्छ। मेहेन्दी हिन्दू महिलाले मात्र नभइ मुस्िलम महिलाले समेत लगाउने गर्छन्। मेहेन्दी लगाउने परम्परा ९ हजार वर्षअघि शुरु भएको इतिहास छ।
यसको प्रयोग इजिप्टबाट शुरु भएको पाइन्छ । इजिप्टकी अन्तिम महरानी क्लीयोपेट्रा मेहेन्दी लगाउँन निकै मन पराउँथिन्। मेहेन्दीमा औषधीय गुण समेत भएकोले यसको प्रयोग कपाल रंगाउन र बलियो बनाउन पनि प्रयोग हुन्छ। मेहन्दीको बोट ८ देखि १० फिटसम्म हुन्छ भने यसको उत्पादन गर्मी देशहरु भारत, पाकिस्तान र इरानमा बढी हुने गर्दछ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१