दोर्दी खोला जलविद्युत् आयोजनाको काम रोकियो

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
dordi_Fotor

निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले आठबुँदे आफ्नो मागप्रति बेवास्ता भएको भन्दै निर्माण कार्य रोकेका छन्।

पीडितले शनिवार साइट कार्यालयमा पत्रकार सम्मेलन गरी आइतवारदेखि काम ठप्प बनाउने चेतावनी अनुरुप सोमवार आंशिक रुपमा काम रोकिएको छ। मंगलवार पूरै काम रोक्ने चेतावनी उनीहरुको छ।

सोमवार सुरुङभित्रको काम जारी रहेको तर बाहिरको निर्माण काम भने ठप्प भएको प्रत्यक्षदर्शीले बताए। वार्तामा आलटाल गरेका कारण थप आक्रोशित भएका पीडितलाई मंगलवार वार्ता गर्ने भनिए पनि औपचारिक बोलाहट नआएको संघर्ष समिति अध्यक्ष ऋषिराम दवाडीले बताए। उनले भने, ‘मंगलबार पनि आलटाल गरी वार्ता नगरेमा पूरा काम बन्द गराउँछौं। ’

पीडितले आफ्नो जग्गा अधिग्रहण, मुआब्जा वितरणमा चित्त नबुझेको र आफ्ना केही संरचना आयोजनाले बिथोलेको हुँदा पुनः निर्माण गरिदिनु पर्ने भन्दै स्थानीय आन्दोलित भएका हुन्। पीडितले १३ सदस्यीय संघर्ष समिति गठन गरी आफ्ना मागबारे ध्यानाकर्षण गर्ने काम गरेकोमा आयोजनाले मतलब नराखी पेलेर जाने मानसिकता राखेको भन्दै निर्माणको काम रोकेको बताएका छन्।

आयोजनाका इञ्जिनियर चोलाकान्त ज्ञवालीले मागप्रति बेवास्ता नगरेको जिकिर गरे। उनले भने, ‘गत पुसमा मात्र पनि वेशीशहर– ११ का वडाध्यक्ष अच्युतबाबु तिवारीको अध्यक्षतामा पीडितहरूकै रोहवरमा क्षतिपूर्ति समिति बनाएर प्रभावित जग्गाको उब्जनीका आधारमा उत्पादन हुने अन्नको मूल्य बराबरको क्षतिपूर्ति दिएको हो। ’

उनका अनुसार कतै–कतै १५/१६ मिटर पहिरो जाला भर्ने अनुमान गरेको स्थानमा एकादुई स्थानमा ५०/५५ मिटरसम्म पनि पहिरो गएको अवस्था हामीले देखेका छौं र त्यसमा के गर्नुपर्छ आयोजना तयार छ।

पीडितले वातावरण प्रभाव मूल्यांकन (ईआइए) रिपोर्ट नेपाली भाषामा पनि हुनुपर्ने र पीडितलाई उपलब्ध गराउनु पर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, हाइड्रो प्रभावित क्षेत्रका घर, धन्सार, गोठ जग्गा, खानेपानी आदिको उचित क्षतिपूर्ति दिनु पर्ने लगायत छन्।

त्यस्तै, जग्गामा आउँजाउँ गर्ने बाटोहरू आयोजनाको निर्माण क्रममा अस्तव्यस्त भएका कारण तिनको मर्मत गरी आवतजावतमा सहज पारियोस् लगायत छन्।

साविकको चिति गाविस–१, २, ३, ४ र ७ वडामा पर्ने कुनाखेतबाट शुरु भई रामचोक फाँट आई पुग्ने सो सिँचाइले ३ सय हेक्टर जमीनलाई प्रभाव पारेको दाबी पीडितको छ। उनीहरूका अनुसार हिमालयन पावर पाटनरले रामचोक फाँट सिँचाइ योजना समेत प्रभावमा पारेको छ।

दोर्दी खोला जलविद्युत् आयोजनाको क्षमता २७ मेघावाट छ। आउँदो भदौ महिनामा निर्माण कार्य पूरा गरी परीक्षण उत्पादन थाल्ने लक्ष्यका साथ काम गरिएको सो आयोजनाका इ. चोलकान्त ज्ञवालीले बताए। उनका अनुसार निर्माणका केही काम ढिला हुन गएका कारणले अब निर्माण अवधि करिब ६ महिना लम्बिने भएको छ। चार अर्ब २३ करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनाको ३ वर्ष अघि निर्माण थालिएको हो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width