गलेश्वर मन्दिरमा १९ हजार बढीले दर्शन गरे

साधन राम्जाली
श्रावण ७, २०७६
galeshwor

बागलुङ नगरपालिका श्रीनगर टोलकी जमुनाकुमारी रिजाल २५ वर्षदेखि साउनको पहिलो सोमवार गलेश्वरमा पूजा गर्दै आएकी छन्। यो वर्षको पहिलो सोमवार श्रीमान्सँगै गलेश्वर आएकी रिजालले श्रीमान्को दीर्घायु र परिवारको सुखशान्तिको कामना गरी पूजा गरेको बताइन्।

‘२५ वर्षदेखि हरेक वर्ष साउन महिनाको पहिलो सोमबार श्रीमान्को दीर्घायु र परिवारमा सुखशान्तिको कामना गरी गलेश्वर मन्दिरमा पूजा गर्न आउने गरेको गरेकी छु, उनले भनिन् ‘गलेश्वर मन्दिरमा पूजा गरे अनुसार अहिलेसम्म भगवान्ले मनोकांक्षा पूरा गरिदिनुभएको छ। ’

मालिका गाउँपालिका–६ दरबाङकी शान्ति गुरुङले पनि विद्या प्राप्तिसँगै क्षैक्षिक सफलताको कामना गरी गलेश्वरमा पूजा गर्न आएको बताइन्।

जमुनाकुमारी र शान्तिले जस्तै गलेश्वरमा पूजा गर्न आएकाले भक्तजनले श्रीमान्को दीर्घायु, परिवारमा सुखशान्ति र शैक्षिक सफलताको कामना गरी मन्दिरमा पूजा गर्न आउने गरेको बताए।

कालिगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको बेनी नजिकै रहेको ऐतिहासिक धार्मिकस्थल गलेश्वरमा पूजा गनेर्को घुँइचो लागेको छ। प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान बनाएका मन्दिरमा साउनको पहिलो सोमवार शिवको दर्शन गर्न आउने भक्तजनको भीड बढेको हो।

साउनको पहिलो सोमवार भक्तजनको भीड बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोष समितिका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए। उनका अनुसार जिल्लासँगै कास्की, चितवन, बागलुङ, पर्वत र काठमाडौ लगायत क्षेत्रबाट दर्शनका लागि भक्तजन आएका छन्। ‘गत वर्ष झै यो वर्षको साउन महिनाको पहिलो सोमवार गलेश्वरमा पूजा गर्न आउने भक्तजनको भीड बढेको छ, उनले भने। ’ पहिलो सोमवार करिब १९ हजार बढी भक्तजनले पूजा गरेको जानकारी दिए। भक्तजनलाई लक्षित गरी सुरक्षा लगायत विभिन्न व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइएको कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले बताए। भक्तजनबाट संकलन भएको दान मन्दिरको पूर्वाधार विकास र अन्य विभिन्न क्षेत्रमा खर्च गर्ने गरेको उपाध्यक्ष पराजुलीले जानकारी दिए।

गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समूहले सेवा दिँदै आएका छन्।

मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवकको रुपमा सहयोग गदैर्र् आइरहेको न्यू वेष्ट प्वोइन्ट माविका शिक्षक सतिश श्रेष्ठ र सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष डेकबहादुर सुनारले बताए।

विशेषगरी विवाहित महिला श्रीमान्को दीर्घायु, परिवारको सुखशान्तिको कामना र विद्यार्थीले शैक्षिक सफलताको कामनाका लागि पूजा गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width