बिचौलियालाई कार्यालय प्रवेशमा रोक

रासस
श्रावण ७, २०७६
CDO-office-at-Tanahun_2117161281

तनहुँ, ७ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो ।

सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार कार्यालयले स्वच्छ खानेपानी, निःशुल्क इन्टरनेट, स्तानपानकक्ष, विश्रामस्थल, सेवाग्राहीलाई पङ्खाको व्यवस्था गरेको छ ।

सेवाग्राहीलाई आवश्यक पर्ने निवेदन फाराम कार्यालयबाट निःशुल्क उपलब्ध, सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई सुताउने झोलुङ्गो, महिला पुरुषका लागि छुट्टै शौचालय र अपाङ्गमैत्री कार्यालय बनाइएको छ, उनले भने – कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १५ हजार ७०४ नेपाली नागरिकता वितरण गरेको छ । वंशजको आधारमा १० हजार पाँच, प्रतिलिपि पाँच हजार ६७९ र वैवाहिक अङ्गीकृत २० नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

उनका अनुसार ३८४ नाबालक परिचयपत्र वितरण, चार नागरिकता परित्याग र एक नागरिकता रद्द गरिएको छ । पेन्सन सिफारिस तीन हजार ११९, आदिवासी जनजाति प्रमाणित एक हजार २४७, अन्य सिफारिस एक हजार १०४, दलित प्रमाणित ४७१, नयाँ संस्था दर्ता १४९, नवीकरण संस्था ७२७ र संस्था नवीकरण १६२ गरिएको छ ।

राहदानी दस्तुरबाट रु तीन करोड २२ लाख ५७ हजार, न्यायिक दण्डजरिवाना रु २५ लाख ४२ हजार २७१, संस्था दर्ता तथा नवीकरणबाट रु ११ लाख ३४ हजार २८०, परीक्षा दस्तुर रु एक लाख ३९ हजार ६००, हातहतियार नवीकरण रु ८५ हजार ३५५ र प्रशासनिक दण्ड जरिवाना रु पाँच हजार गरी रु तीन करोड ६१ लाख ६३ हजार ५०६ राजश्व सङ्कलन भएको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडैलले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width