प्रतिभामा विद्यार्थीको स्वागत

एजेन्सी
श्रावण ६, २०७६
Prativa School News photo_Fotor

प्रतिभा मावि, नदीपुरले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीको स्वागतमा सो कार्यक्रम गरिएको हो। कार्यक्रम उद्घाटन गर्दै काठमाडांै विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माले देश बनाउन विदेशी लगानीभन्दा स्वदेशी ईच्छा र आकांक्षा आवश्यक रहेको बताए। कार्यक्रममा शिक्षाविद् जर्ज जोन र डा एलियामा जोनले आफ्नो भविष्यका लागि विद्यार्थीले समयमा नै सोच्नुपर्नेमा जोड दिए।

त्यस अवसरमा अभिभावक एकदेव देवकोटा, विद्यालयका एकेडेमीक डिन विजयबहादुर थापा, प्लस टु संयोजक किरण सापकोटा, नवआगन्तुक विद्यार्थी रुपेश परियार, कक्षा १२ की स्मृति अधिकारी, काठमाडौं विश्वविद्यालयमा एमबिबिएस परीक्षामा प्रथम हुने पूर्व विद्यार्थी जेए मिलन, वरिष्ठ उत्प्रेरक विके शर्माले लगायत बोलेका थिए।

कार्यक्रममा शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याकोमा प्राडा सुरेशराज शर्मा, उत्कृष्ट विद्यार्थी र प्रतिभा माविको झण्डा सगरमाथाको शिखरमा पुर्याउने गोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो।

विद्यालय संचालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक वीरबहादुर बुढाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width