फुर्केटारी पुल स्तरोन्नति

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
furketari pul photo_Fotor

फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको पहलमा हेमजास्थित सुइँखेत खोलामाथिको फुर्केटारी पुल स्तरोन्नति गरिएको छ।

सो पुलबाट कास्कीकोट र हेमजावासी प्रत्यक्ष लाभान्वित हुने छन्। कुल ७५ फिट लम्बाइ र ४ फिट चौडाइको फलामे ट्रस पुल निर्माण गरिएको छ।

सो ठाउँमा बाँसको पुल रहेकोमा गत वर्ष बाढीले सो पुल जीर्ण बनेको थियो। अहिले सिमेन्टेड फलामे ट्रस पुल निर्माण गरिएको हो। सो पुलमा डेढ इन्च बाक्लो फलेक बिछ्याइएको छ।

स्तरोन्नतिका लागि २ लाख खर्च लागेको वन समूहका सल्लाहकार कमलमणि त्रिपाठीले जानकारी दिए। जसमध्ये आइतवारसम्म १२ हजार रुपैयाँ सहयोग जुटेको छ।

स्तरोन्नतिमा वन समूहका सल्लाहकार मधुसुदन त्रिपाठी, कमलमणि त्रिपाठी, देवकृष्ण त्रिपाठी, होतराज त्रिपाठी र सदस्यहरु विष्णुप्रसाद त्रिपाठी, लालमोहन त्रिपाठी र धनबहादुर विकको उल्लेख्य योगदान रहेको बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width