खानेपानी आयोजनाको काममा ढिलाइ

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
khanepani

लमजुङको सदरमुकाम बेसीशहर बजारलाई सेवा दिने उद्देश्यले निर्माण थालिएको भाचोक खोलामा निर्माण थालिएको खानेपानी आयोजनाको निर्माण कार्य ढिलाइ भएको छ। आयोजना सम्पन्न गर्नुपर्ने असार २१ गते म्याद सकिए पनि निर्माणको काम ८० प्रतिशतमात्र भएको छ।

बेसीशहर नगरपालिका–१० को भाचोक खोलाबाट सो खानेपानी योजना बेसीशहर ल्याउन लागिएको हो। आयोजनाको निर्माणको जिम्मा लिएको महादेव खिम्ती–पराजुली जेभीले २०७४ असार २१ गते निर्माण थालेर २०७५ को असार २१ गते सम्पन्न गर्ने सम्झौता भएको थियो तर सो अवधिमा आयोजनाको काम करीब ८० प्रतिशतमात्रै सकिएको बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ। बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजनामा ३० प्रतिशत उपभोक्ताको लगानी हुने गरी भ्याटसहित २८ करोड ८३ लाख रुपैयाँको बेसीशहर खानेपानी सहलगानी आयोजना अघि बढाएको समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए। उनका अनुसार आयोजना निर्माण कार्यमा ढिलाई भइरहेको छ।

आयोजनाको निर्माणको जिम्मा लिएको महादेव खिम्ती–पराजुली जेभीले २०७४ असार २१ गते निर्माण थालेर २०७५ को असार २१ गते सम्पन्न गर्ने सम्झौता भएको थियो

उनले भने, ‘खोलामा इन्टेक र ग्रिट च्याम्बरको निर्माण सकिएको छ। प्रशोधन केन्द्रको ३ युनिटको ढलान सकिएको छ। एकलाख लिटरको खानेपानी पाखेरीको बेस ढलान सकिएको छ। ८ लाख १५ हजार लिटर अट्ने २ पोखरीमध्ये ३ लाख क्षमताको पानीपोखरीको निर्माण सकिएको छ। ५ लाख १५ हजारको प्लाष्टर बाँकी छ। ’

उहाँका अनुसार छ किलोमिटर दुरी रहेको मुख्य पाइपलाईन विछ्याउने काम ५ सय मिटर सकिएको छ। मस्र्याङदीबाट खानेपानी तार्न झोलुंगे पुल निर्माण थालिएको छ। बेसीशहरमा पुरानो योजनाको पाइपलाइनलाई विस्थापन गरी नयाँ पाइपलाइन जडानको काम पनि बाँकी छ प्रधानले भने। उनका अनुसार यसमा निर्माण कम्पनीले करीब १५ किलोमिटर र समितिले करीब ३० किलोमिटर पाइप विछ्याउनुपर्छ। समितिले ४ किलोमिटरमात्रै विच्छाएको छ भने अरू बाँकी छ। प्रधानले भने, ‘समय सीमा सकियो। काम धेरै बाँकी छ, आगामी दसैं अगाडिसम्म घरघरमा पानी पुर्याउने प्रयासमा छौं। ’

आयोजना निर्माण सकिएपछि दैनिक २२ लाख ५० हजार लिटर पानी आउने समितिका सव ईन्जिनियर त्रिलोचन पौडेलले बताए। उनका अनुसार पुरानो स्रोतबाट दैनिक करीब २० लाख लिटर खानेपानी आपूर्ति छ। बेसीशहरमा दैनिक ३० लाखदेखि ३५ लाख लिटरसम्म खानेपानीको आवश्यकता पर्दछ। बजारमा निजी धाराको संख्या २ हजार ७ सय ७५ रहेको ईन्जिनियर त्रिलोचन पौडेलले बताउछन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width