मिसेज गुरुङको ताज रबितालाई

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
01 (9)

पोखरा, ५ साउन । विवाहित गुरुङ महिलाका लागि आयोजना गरिएको सुन्दरी प्रतियोगिता मिसेस गुरुङको उपाधि कास्कीको मादी गाउँपालिका– ५ लङकाथर निवासी रबिता गुरुङले जितेकी छन् । तेस्रो संस्करणको हिरो मिसेस गुरुङको उपाधि बिजेता रबिताले उपाधिसँगै मोष्ट वाल्क, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्सगरी तीनवटा अन्य सब टाइटल पनि जितेका छन् ।

अहिलेको युवा पुस्ताले तमू भाषा संस्कृतिको संरक्षण गर्न कस्तो तरिका अपनाउनु पर्ला ? भन्ने निर्णायको प्रश्नमा रबिताले अहिलेको पुस्तालाई भाषा संस्कृति सिकाउनको लागि पहिलो पाठशाला घर भएको भन्दै सबै भन्दा पहिलो घरबाट नै यसको सुरुवात गर्नुपर्ने र घरमै बालबच्चालाई भाषा, संस्कार, संस्कृतिको कुरा सिकाउनुपर्ने जवाफ दिएकी थिइन् ।
बिजेता रबिताले हिरो होन्डाको डुयुट स्कुटर, चाँदीको ताज र अन्य पुरस्कारहरु प्राप्त गरेकी छन् । प्रतियोगितामा फष्ट रनरअप सम्झना गुरुङ भएकी छन् । उपाधिसँगै सम्झनाले मोष्ट एक्टिभ र वेष्ट हियरको उपाधिपनि जितेकी छन् । यस्तै सेन्केन्ड रनरअप तनु गुरुङ बन्न सफल भएकी छन् । उनले यो सँगै मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको उपाधि पनि जितेकी छन् ।

यस्तै प्रतियोगितामा वितरण गरिएको विभिन्न सब टाइटल मध्ये वेष्ट पर्सनालिटी ङोमाया गुरुङ, वेष्ट कुक र मोष्ट व्युटीफूलको उपाधि गौरी गुरुङ, वेष्ट फोटोजेनिक र मोष्ट डाईनमिकको उपाधि सीता गुरुङ, मोष्ट कन्फिडेन्ट मेघा गुरुङ, मोष्ट पपुलर सोनिया गुरुङ, मोष्ट पङच्युल र भिओस च्वाईस शोभा गुरुङ, वेष्ट स्किन र मोष्ट स्टाईलिस माया गुरुङ, मोष्ट फ्रेन्डली र मोष्ट टयालेन्टको उपाधि एलिसा गुरुङले जितेकी छन् । प्रतियोगितामा ११ जना महिलाहरुको सभागिता रहेको थियो ।

नाल्मा तमू समाज पोखरा काठमाडौले आयोजना गरेको सो प्रतियोगिताको प्रबन्ध निर्देशक पवि गुरुङ, कार्यक्रम संयोजक निशा गुरुङ र सह संयोजक ममता गुरुङले विशेष भूमिका निवार्ह गरेकी थिइन् ।

कार्यक्रममा आफनो भनाइ राख्दै निर्देशक पवि गुरुङले आउने वर्षबाट यसलाई अझ व्यवस्थित र व्यापक ढंगाले अगाडि बढाउने भन्दै सबैसँग सहयोगको लागि आग्रह गरिन ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको निणार्यकहरुमा पोखरा एकेडेमीका संस्थापक प्रिन्सिपल महेन्द्र गुरुङ, प्रथम मिसेस गुरुङ उपाधि बिजेता चन्द्र गुरुङ, अधिवक्त तथा प्राध्यपक जुनाकुमारी गुरुङ, वरिष्ठ सञ्चारकर्मी इन्दिरा गुरुङ र मादी न्युज डटकमा तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङ थिए । नाल्मा तमू समाजका अध्यक्ष बुद्धिजंग गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच कार्यक्रममा गुरुङ समुदायको शान र मान बढाएको भन्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई आयोजकको तर्फबाट सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width